८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

घर निर्माण सम्बन्धी सचेतना फैलाउँदै प्राविधिकहरु

३० पुष २०७४, आईतवार १४:२२

पुस ३०, कालिकोट । कालिकोट जिल्लाका विभिन्न निकायमा कार्यरत प्राविधिहरुले भुकम्पीय जोखिम न्यूनिकरणका लागि सुरक्षित घर निर्माण गर्न सचेतना जोगाँउदै सडकमा ओर्लिएका छन् । 

भुकम्पीय जोखिमको हिसाबले कालिकोट जिल्ला उच्च स्थानमा छ । २० औ राष्ट्रिय भुकम्प दिवसको अवसर पारी सचेतना जोगाउँदै कालिकोटका प्राविधिकहरु सडकमा ओर्लिएका हुन् ।

डिभ्लोमा ईन्जिनियरिङ एसोसिएसनको आयोजना तथा ग्रामीण पुनिर्माण संस्था आरआरएनको सहयोगमा आईतबार कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा भुकम्प प्रतिरोधी घरको नाक्साहरुसहित ¥याली गरिएको छ । ‘सवल समुदाय स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नारासहित कालिकोटका प्राविधिकहरुले नाराबाजी नै गरेका छन् ।


जिल्ला समन्वय समिति संयोजक अनिपाल शाही, खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल लगायत जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमूख एवं प्रतिनिधिहरुको सहभागिता रहेको उक्त ¥यालीमा सडकबाटै भुकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना जोगाउले डिभ्लोमा ईन्जिनियरिङ एसोसिएसन कालिकोटका अध्यक्ष कम्बर बमले जनाए ।

उनले कालिकोट जिल्लामा रहेको अधिकांश सरकारी तथा नीजि भौतिक संरचनाहरु भवन निर्माण आचारसंहिता पालना नगरेको बताउँदै अबका दिनमा निर्माण हुने भौतिक संरचनाहरु भुकम्प प्रतिरोधि निर्माण गर्नका लागि नागरिकहरुलाई सचेत बनाउनका लागि जिल्लामा कार्यरत प्राविधिकहरुले पहल थालेको बताए । ग्रामीण पुर्ननिर्माण संस्थाका कार्यक्रम संयोजक लिला न्यौपानेले नागरिक सचेतनाका लागि प्रदर्शन गरिएका नमूना भुकम्प प्रतिरोधि घरका नक्साहरु भौगोलिक हिसाबमा तीन प्रकार हिमाल, पहाड, तराई र संरचनागत रुपमा दुई प्रकार पक्की र कच्ची घरका नक्साहरु प्रदर्शन तथा बजार आसपासका क्षेत्रहरुमा टाँसिएको बताए ।

माघ २ गते मनाईन लागिएको २० औ राष्ट्रिय भुकम्प दिवसकै अवसरमा डिभ्लोमा ईन्जिनियरिङ एसोसिएसनको आयोजना तथा खाँडाचक्र नगरपालिकाको सहयोगमा जिल्लाका सरोकारवालाहरुलाई भवन निर्माण आचारसंहिता सम्बन्धि अभिमुखीकरण गरिएको छ । 

कालिकोट जिल्लाको भुगोल सुहाउँदो भुकम्पीय जोखिम न्यूनिकरणयुक्त घर कसरी निर्माण गर्ने ?, भवन निर्माण आचारसंहिता भित्र के–के कुराहरु छन्, भुकम्प प्रतिरोधी घर निर्माण गर्दा र परम्परागत घर निर्माण गर्दा लाग्ने लागत लगायतका बिषयमा जिल्लाका निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय लगायतका सरोकारवालाहरुलाई प्रशिक्षण दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार