2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

‘सुन्दर शान्त नेपाल’ परियोजना कपिलवस्तुमा लागु

आभास पौडेल/माघ १, कपिलवस्तु । कपिलवस्तु क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सस्था मधेस मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तुमा सुन्दर शान्त नेपाल नामक परियोजना सञ्चालन सुरु गरेको छ ।

इन्टरनेशनल अलर्टको अर्थोक तथा प्राविधिक सहयोग र माहुरी होम कपिलवस्तुको सञ्चालनमा कपिलवस्तुको शुद्दोधन गाउँपालिकामा परियोजना सञ्चालन गरिने कार्यक्रम संयोजक वसन्त बन्जाडेले जानकारी दिनु भयो।

स्थानीय स्तरमा भएका विवाद, तनाव, बेमेल तथा असुरक्षाहरूलार्इ पहिचान गरी सोही क्षेत्रबाट शान्तिकर्ता छनोट गरी द्धन्दलाई न्यूनिकरण गर्न विभिन्न क्षमता अभिवृद्धि तालिम, अभिमुखिकरण, बैठक लगायतका माध्यमबाट व्यवस्थापन गर्ने प्रयास बताउनु भयो।

दिगो शान्ति निर्माणका लागी द्धन्द्ध संम्वेदनशिलता आधारित कार्यशाला गोष्ठी गर्ने र कलष्टरस्तरीय सिकाई आदान प्रदान तथा अवलोकन भ्रमणको साथै सार्वजनिक अन्तरक्रिया गर्ने उद्देश्यले माहुरी होमले कपिलवस्तु र रुपन्देहीमा यो परियोजना लागु गरेको ईन्टरनेशनल अलर्टका संयोजक शोभा चौधरीले बताउनु भयो । 

उहाँले शुद्दोधन गाउँपालिकामा गरिएको बृहत् अध्यान पछि यो परियोजना कपिलवस्तुमा कार्यान्वयनमा ल्याउन लागिएको बताउनु भयो ।

माहुरी होमका महासचिव माया ज्ञवालीले परियोजनाले यस क्षेत्रमा रहेका द्धन्द्धहरु न्यूनिकरणको साथै दक्ष शान्तिकर्ता तथा अधिकारकर्मी उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो । 

उहाँले परियोजना पछि पनि माहुरी होमले अधिकारकर्मिहरुलाई सक्रिय गराई राख्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ