2026-07-25 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जुवाको खालबाट बरामद रकम अनाथ बालबालिकाको कोषमा

दलसिंह गिरी | माघ ३, कालिकोट | प्रहरीले जुवाको खालबाट बरामद गरेको रकम अनाथ बालबालिकाको कोषमा जम्मा गर्न खाँडाचक्र नगरपालिकालाई हस्तान्तरण गरेको छ । अनाथ, असहाय बालबालिकाको हितका लागि सहयोग गर्ने गरी कोष स्थापनाका गर्न प्रहरीले नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेको हो । 

जिल्ला सदरमुकाम मान्मको विभिन्न होटलमा छापा मार्दा अवैधरुपमा संचालन भएका जुवाका खालबाट प्राप्त गरेको ३४ हजार ७ सय ६५ रुपैयाँ रकम बुधबार नगरपालिकालाई अनाथ असहाय बालबालिकाहरुको सहयोग कोष स्थापनार्थ हस्तान्तरण गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमूख निरक चौलागाईले जुवा खालबाट बरामत गरिएको रकम अनाथ असहाय बालबालिकाहरुको उद्धार तथा राहत कार्यमा खर्च गर्न नगरपालिकाई हस्तान्तरण गरेको बताए ।

‘अनाथ र असहाय बालबालिकाको सहयोगका लागि जुवा खेलीरहेको स्थानबाट बरामद गरिएको रकम नगरपालिकालाई बुझाएका छौ’ चौलागाँईले भने, ‘सामाजिक कामका लागि सबैको सहयोग आवश्यक हुने महसुस हामीले पनि गरेका छौ ।’ उनले उक्त रकमबाट थोरै भए पनि बालबालिकाहरुको उद्धार तथा संरक्षण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रकम हस्तान्तरण कार्यक्रममा कालीकोटका निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले जुवातासबाट संकलित रकमको केही प्रतिशत प्रहरीलाई प्रोत्साहन स्वरुप दिने र बाँकी रकम नेपाल सरकारको राजश्वमा जम्मा हुने व्यवस्था भए पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउन तथा समस्यामा परेका अनाथ र असहाय बालबालिकालाई उद्धार र संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकालाई हस्तान्तरण गरिएको बताए ।

प्रहरीले बुझाएको रकम हस्तान्तरण गर्दै खाँडाचक्र नगरपालिकाका नगर प्रमूख जसीप्रसाद पाण्डेले जिल्ला प्रहरी कार्यालयले दिएको ३४ हजार ७ सय ६५ मा नगरपालिकाले थपेर जम्मा ७० हजारको अनाथ तथा असहाय बालबालिकाहरुको राहत तथा उद्धारका लागि खर्च गर्ने कल्याणकारी कोषको स्थापना गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक