Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: भत्काइएका प्रहरी चेक पोष्ट निर्माण सुरु

२०७४, ४ माघ बिहीबार १६:३८

माघ ४, कालीकोट । जिल्ला प्रहरी  कार्यालय कालिकोटले म्यादी प्रहरीको आन्दोलनका समयमा भत्काईएका प्रहरी चेक पोष्ट निर्माण गर्न थालेको छ । 

गत पुस ७ गते भएको म्यादी प्रहरीको आन्दोलनमा भत्काईएका प्रहरी चेक पोष्टहरु पुन निर्माण गर्न थालेको छ ।

जिल्ला सदरमुकाम मान्मको प्रतिमा चौक, जिरो पोईन्टका दुई वटा प्रहरी चेक पोष्ट निर्माणको कार्य सुरु गरेको निमित्त जिल्ला प्रहरी प्रमूख निरक चौलागाईले जानकारी दिए । 

उनले केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले म्यादीको आन्दोलनमा तोडफोट भएका सदरमुकामका प्रहरी चेक पोष्टहरु तत्काल निर्माण गर्ने निर्णय भए अनुसार खाँडाचक्र नगरपालिकाको सहयोगमा उक्त चेक पोष्टहरु पुर्ननिर्माण गर्न लागिएको हो ।

प्रहरी चेक पोष्ट नहुँदा बजार असुरक्षित हुने भन्दै कालिकोट जिल्लाका राजनीतिक दलहरुले तत्काल पुननिर्माण गर्नु पर्नेमा जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख चौलागाईले केही दिनमै तोडफोड भएका प्रहरी चेक पोष्टहरु निर्माण भईसक्ने बताए । 

उनले नागरिकको सुरक्षाका लागि आफुहरु सधै बफादार रहने बताउँदै पछिल्लो समय जिल्लामा चिसो बढ्दै गएकाले प्रहरीले मुडा बालेर नागरिकलाई आगो तताउने अभियान थालेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ