2026-09-14 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: न्यानो बाढ्दै जयसवाल परिवार

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी श्रीमती सानेमती जयसवालको परिवारले हरेक बर्ष जस्तै यस बर्ष पनि यस क्षेत्रका साधुसन्तहरुलाई कम्बल वितरण गरेको छ ।

श्रीमान स्वर्गिय राजाराम जयसवालको पुण्य तिथी पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्ततहरुलाई कर्णेश्वर मन्दिरमा वितरण गरेको छ । बढ्दो चिसोमा साधुसन्तलाई कम्बल बाढेपछि पुण्य प्राप्ती संगै बुबाको आत्माले समेत शान्ति पाउने भन्दै कम्बल वितरण गरिएको स्व. राजाराम जयसवालका छोरा विजय जयसवालले बताउनु भयो । 

हरेक बर्ष बुबाको बार्षिक पुण्य तिथिमा कर्णेश्वरी मन्दिरमा बुबाको नामबाट नै साधुसन्तहरुलाई कम्बल वितरण गर्दै आएका छौं । चिसो मौषममा कम्बल पाएका सन्तहरुको अर्शिवाद पनि लाग्ने हुनाले कम्बल वितरण  गरेको छोरासुरेश जयवालले बताउनु भयो । स्व. जयसवालका सुभाष,सुरेन्द्र,विजय,सुरेश र महेश गरि पाँच छोरा रहेका छन ।

साधुसन्त हाम्रो देशको पहिचान हुन जयसवाल परिवारले हरेक बर्ष यसरी साधुसन्तलाई कम्बल वितरण गरि पुण्य प्राप्ती गर्दै आएको छ । यस्तो पुनित कार्यमा आफुलाई पनि सहभागि भई पुण्य प्राप्त गर्ने अवसर जुटेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्य  अभिशेष प्रताप शाहले कम्बल वितरण कार्यक्रममा बताउनु भयो । 

कार्यक्रममा इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख जगदीश अर्यालले साधुसन्त हाम्रो धर्म र संस्कृतीका संवाहक भएकोले धर्मका नाम गरिने अनेक तडकभडक भन्दा यस्ता साधुसन्तको सम्मान सहित उनीहरुलाई कम्बल वितरण गर्नु पुनित र सराहनिय कार्य भएको बताउनु भयो । 

कर्णेश्वरी मन्दिरमा जम्मा भएका ९० जना साधुसाधवीहरुलाई प्रति व्यक्ति १ कम्बल वितरण गरिएको हो । कार्यक्रममा समाजसेवी अजय थापा, प्रेम बहादुर रायमाझि, हरी पोखरेल,  लगाय स्थानीय भद्र भलाद्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ