2026-09-15 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबासीलाई आयो खुशीको खबर !

विनोदसिंह विष्ट/माघ ७, बैतडी । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो । 

ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “इसिजी र भिडियो एक्सरेकै लागि भारतीय बजार तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।” 

स्वास्थ्य बीमा कार्यक्रमले जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । 

स्वास्थ्य बीमाअन्तर्गत इसिजी, भिडियो एक्सरे र एक्सरे सेवा राखिएको छ । बैतडीमा विसं २०७३ पुस ७ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । 

औषधि अभाव 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा बिरामीलाई रित्तो हात फर्काउनुपरेको स्वास्थ्यकर्मीले बताएका छन् । उपचारका लागि आएका बिरामीलाई पर्याप्त मात्रामा औषधि नभएकाले जाँच गरेर औषधि पसलमा पठाउनुपर्ने समस्या भएको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लोकेन्द्र ऐरले बताउनुभयो । 

“दैनिक आउने ३०–४० बिरामीलाई औषधि नहुँदा समस्या भएको छ” उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई रित्तो हात फर्काउनुपर्छ र औषधि अभाव छ भन्दा उल्टै रिसाउने गरेका छन् । ” स्वास्थ्य केन्द्रबाट निःशुल्क रुपमा स्वास्थ्य सेवा हुने भनिए पनि औषधि नहुँदा सेवाग्राही मर्कामा परेका छन् । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा भर्खरै गठन भएको स्वास्थ्य व्यवस्थापन समितिले पाटन नगरपालिकासँग औषधि अभावबारे जानकारी गराएकाले बोलपत्र आह्वान भएको र अब छिट्टै औषधि आउने बताइएको छ । 

पहिला औषधि अभाव भएका बारे जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदा समयमै औषधि आपूर्ति हुने भए पनि हाल स्थानीय तह भइसकेपछि समस्या भएको स्वास्थ्य संस्थाले जनाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ