2026-10-31 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ

चुरामणि अर्याल / माघ ९,  कपिलवस्तु | राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ ।

हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय सञ्चालन गरी मदरसामा अध्ययन गरिने विषयसँग सम्बन्धित विभिन्न पुस्तक तथा लोप हुन लागेका पुराना कृति तथा ऐतिहासिक पुस्तकको संरक्षण गर्दै आएको हो । 

संघले आधुनिक सुविधासहितको पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीलाई केही सहुलियत भएको छ । विद्यालयमा विषयका सबै पुस्तक नभएमा विद्यार्थी सोही पुस्तकालयमा गई अध्ययन गर्ने गरेका छन् । सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको राष्ट्रिय मदरसा संघका केन्द्रीय अध्यक्ष डा अब्दुल गनी अलकूफीले बताउनुभयो । पुस्तकालयमा प्रिन्ट पुस्तकदेखि सिडी÷डिभिडी तथा इन्टरनेट लाइब्रेरीको समेत सुविधा रहेको उहाँले बताउनुभयो । 

धार्मिक पुस्तकालयमा उर्दू, अरबी भाषाका साथै नेपाली, अंग्रेजी, हिन्दीलगायतका भाषामा उल्था गरिएको इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान रहेको छ । मदरसामा अध्ययन अध्यापन गराइने विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न धर्म, संस्कृति, रीतिरिवाजका बारेमा लेखिएका ऐतिहासिक पुस्तक, नेपाली शब्दकोष, विभिन्न म्यागजिनलगायतका पाठ्यपुस्तक रहेका छन् । यसका साथै अन्य विभिन्न पठन सामग्री, अरबीभाषाका मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक पत्रिकाको समेत व्यवस्था छ । 

पुस्तकालयमा उपलब्ध ऐतिहासिक र साहित्यिक एउटै किताबलाई १५ देखि २० युनिटका अलगअलग किताबसमेत रहेका छन् । पुस्तकालयमा झण्डै २५ हजार पुस्तक रहेको मदरसा संघका केन्द्रीय अध्यक्ष डा अब्दुल गनी अलकूफीको भनाइ छ । एउटै किताब १५ देखि २० हजार मूल्यका पाठ्यपुस्तसमेत पुस्तकालयमा उपलब्ध रहेको केन्द्रीय अध्यक्ष गनी अलकूफीले जानकारी दिनुभयो । 

जामिया सिराजुल उलूमले प्रदेश नं ५ मै उर्दू भाषामा ‘अल्सिराज’ नामको पहिलो मासिक पत्रिका प्रकाशन गर्दै आएको छ । दशक अघिदेखि प्रकाशन गर्दै आए पनि हालै मात्र सञ्चालन गर्ने अस्थायी प्रमाणपत्र प्राप्त गर्न सफल भएको मदरसा संघका केन्द्रीय महासचिव एवं जामिया सिराजुल उलूम अलसल्फियाका प्रवक्ता मौलाना मसहूद खाँ ‘नेपाली’ले बताउनुभयो । 

मौलाना ‘नेपाली’ का अनुसार पुस्तकालयमा मदरसा कोर्षबाहेक विभिन्न पुस्तकसमेतको व्यवस्था भएकाले विद्यार्थीका साथै विभिन्न व्यक्तित्वको समेत जमघट हुने गर्छ । पुस्तकालयमा आउने पाठक, विद्यार्थीका लागि फ्रि वाइफाइ, खाजा चियाको समेत व्यवस्था रहेको मौलाना ‘नेपाली’को भनाइ छ । पुस्तकालय सबैका लागि खुला रहेकोसमेत उहाँले बताउनुभयो । उहाँले पुस्तकालयमा अध्ययन अध्यापनका लागि कुनै पनि शुल्क नलाग्नेसमेत जानकारी दिनुभयो । 

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको–३, लक्ष्मीनगरस्थित नेपालकै जेठो मदरसा जामिया सिराजुल उलूम अलसल्फिया स्थापनाको ११० वर्ष पार गरिसकेको छ । 

दुई हजारभन्दा बढी मुस्लिम विद्यार्थीले अध्ययन गर्दै आएको उक्त मदरसामा कोर्षका सबै पुस्तक छैनन् । यहाँका विद्यार्थी पनि विद्यालयमा नभएका विषयगत पुस्तकहरु त्यहाँ गएर अध्ययन गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय