Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालिकोट: महामारी नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ९, कालिकोट । कालिकोटमा एक सातादेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकीले महामारीको रुप लिएपछि जिल्ला अस्पताल कालिकोटका स्वास्थ्यकर्मीको टोलीले घर दैलोमा पुगेर उपचारका गर्न थालेको छ ।

खाँडाचक्र नगरपालिकामा मात्रै एकैपटक हजारभन्दा धेरै बिरामी भेटिएकाले अस्पताल ल्याउनै समस्या हुने र ल्याए पनि उपचार गर्न अप्ठ्यारो पर्ने भएकाले घरदैलोमै पुगेर उपचार तथा जनचेतना अभियान थालिएको हो।

एक्कासी भाइरलका बिरामीहरु बढेको र एकै ठाउँमा बिरामी जम्मा गरेर उपचार गर्दा थप फैलिने सक्ने हुनाले प्रत्येक घरघरमा स्वास्थ्यकर्मी खटाइ घरदैलोमै उपचार गर्न थालिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर कौशल अलीले बताए।

‘खाँडाचक्र नगरपालिका–२ मा आफ्नै नेतृत्वमा टोली गएर घर घरमै उपचार गरेर फर्केको छ’ उनले भने,‘खाँडाचक्र २ पोरिपाल्लीका २ सय २८ घरमा पुगेर उपचार गरेको छ भने १४ जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।’

महामारी फैलिएको गाउँ खाँडाचक्र ४ ताडी गाउँका चार बालबालिका र दुई वयस्क गरी ६ जनाको खकार संकलन गरी परिक्षण गर्न काठमाडौं पठाइएको छ। शनिबार स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा एकै टोलमा ८ सय १४ जना भाइरल ज्वरोका बिरामी भेटिएका थिए।

जिल्लाको तिलागुफा नगरपालिका चिल्खाया गाउँमा, महावै गाउँपालिकाको ओदा गाउँमा र सान्नीत्रिवेणी गाउँपालिकामा थप एक हजार बिरामी भेटिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

विद्यालय बन्द भाइरल ज्वरो र निमोनियाबाट तीन बालकसहित पाँच जनाको मृत्यु भइसकेको छ। रोग फैलिएको स्थानहरु जनजीवन मावि ताडी, जनज्योति आधारभूत विद्यालय, पञ्चदेव उच्चमाविलगायत दर्जनभन्दा धेरै विद्यालयहरुमा पठनपाठन बन्द गरिएको छ।

जिल्लाका सबै स्थानीय तहहरुमा भाइरल ज्वरोको प्रकोप फैलिएर बालबालिका प्रभावित भएपछि नियन्त्रणका लागि जिल्ला प्रशासन स्वास्थ्य कार्यालय लगायतलाई आवश्यक सहयोग गर्न तयार रहेको सेभ द चिल्ड्रेन कालिकोटका वाले विश्वकर्माले बताए।