Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमको समीक्षा

By kit

माघ ९, कालिकोट । जिल्ला स्वास्थ्यकार्यालय कालिकोटले शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तथा बृहत पोषण कार्यक्रमको कार्यान्वयन र उपलब्धी सम्बन्धी एक अन्तरक्रिया सम्पन्न गरेको छ ।

हरेक बालबालिकाको राम्रो स्याहार पोशिलो आहार स्वच्छ व्यवहार, हुर्कन पाउनु सबैको मौलिक अधिकार, निःशुल्क पाइन्छ कुपोषणको उपचार भन्ने मुल नाराका साथ उक्त अन्तरक्रिर्या गरेको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोग कामना हेल्थ नेपालको प्राविधीक सहयोगमा सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका बारेमा समीक्षा गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीको अध्यक्षतामा भएको थियो । कामना हेल्थ नेपाल कालिकोटका जिल्ला संयोजक बिशाल भण्डारीले कालिकोटमा ६ देखी ५९ महिना सम्मका  १४ हजार ८० जना कडा कुपोषित बालबच्चा फेला परेको जानकारी दिए ।

उनका अनुसार कालिकोट जिल्लामा सबै भन्दा बढी पलाता गाउँपालिकामा कुपोषणको समस्या रहेको छ । चालु बर्षको ५ महिनामा १ सय ७० जना कडा कुपोषित बालबच्चा भेटिएको बताइएको छ । गत बर्ष कालिकोटमा ३ जना बालबालिकाको मृत्यु भएको थियो भने बर्षमा बालबालिकाको मृत्यु नभए पनि बिरामीहरु कम नभएको बताइएको छ ।

कार्यक्रमा जिल्ला समन्वय समितीका प्रतिनिधि अनिल मल्ल,  खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल, डा. सुवास शर्मा, तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाही, कामना हेल्थ नेपालका डा. श्यामलाल उप्रेती, पत्रकार, नागरिक समाज लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।