2026-09-14 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका गरिब परिवारलाई समृद्ध नेपालद्वारा नि:शुल्क लत्ताकपडा वितरण

माघ १७, कपिलवस्तु | अति गरिब, निमुखा, विपन्न, असहायहरूको लाागि नि:शुल्क लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नम्बर-३, सुकुम्बासी टोल मदवा गाउँमा उक्त कपडा वितरण गरिएको हो ।

जब्स ग्लोबलका संचालक चन्द्र सिङ अदैको बिशेष सहयोगमा समृद्ध नेपाल, काठमाडौँले उक्त कपडा कपिलवस्तु पठाएको थियो । उक्त कपडा करिब १ सय घरपरिवारलाई वितरण गरिएको हो । जाडोको समयमा लत्ताकपडा बिना चिसोले गर्दा कोहि पनि मानिसले ज्यान गुमाउन नपरोस र सबैलाई राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको बताइएको छ । “सेवा नै धर्म हो” भन्ने नारा सहित चिसोको याममा गरिब परिवारलाई उक्त कपडा वितरणको कार्यक्रम आयोजना गरिएको छ । 

    

कपिलवस्तुमा कपडा वितरण कार्यक्रम बिगुल बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ज्ञान बहादुर जी.सीको प्रमुख अतिथ्यितामा सम्पन्न भएको छ । कार्यक्रममा थारु पत्रकार राम अवतार चौधरी तथा वडा सदस्य झबिसरा सुनारको अतिथ्यिता, जीत बहादुर वि.सीकाको संयोजकत्व र वडा प्रहरी कार्यालय चन्द्रौटाको नायब प्रहरी निरीक्षक ऋषिराम दहालको सहजीकरण रहेको थियो ।

त्यसैगरी उक्त कपडा जिल्लाकै विभिन्न ठाउँमा नि:शुल्क वितरण कार्यक्रम भैरहँदा शिवराज न.पा ७, जवाभारी गाउँमा पनि लगभग ७० अति गरिब, निमुखा, विपन्न, असहाय घर परिवारलाई वितरण गरिएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष अनुप कुमार चौधरीको प्रमुख अतिथ्यिता, जवाभारी स्वास्थ्य चौकीका इन्चार्ज पूर्णिमा खनालको अतिथ्यिता, जीत बहादुर बि.सीको संयोजकत्त्व र वडा कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक ऋषिराम दहालको सहजीकरणमा सम्पन्न भएको जीत बहादुर बि.सीले जानकारी गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ