2026-07-27 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भारत जाँदै गरेकी १९ बर्षीय युवतीको सीमानाकाबाट उद्धार

आभास पौडेल/माघ २५, कपिलवस्तु । कपिलवस्तुको सीमा नाका कृष्णनगरबाट एक युवतीको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई(KI) नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार कपिलवस्तुकी एक युवतीको उद्धार गरेको छ।

बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया  युवतीलाई भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको संस्थाका संयोजक केशर विश्वकर्माले जानकारी दिए।

विश्वकर्माका अनुसार युवती घरमा कुनै जानकारी नदिई भारतको बलरामपुर जाँदै थिइन्। उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा युवतीले बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरको आर्थिक अवस्थासमेत कमजोर रहेका कारण रोजगारीका लागि भारततिर जान लागेको बताएकी थिइन्। भारत जाँदा हुन सक्ने जोखिमलाई हेरी उनको उद्धार गरिएको विश्वकर्माको भनाई छ।  

युवतीका अभिभावक बोलाई आवश्यक प्रक्रिया पुर्याइ उनलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवन पठाइएको र करिब एक महिनाको अवधिमा संस्थाले चारजना चेलीको उद्धार गरिसकेको छ। 

उद्धार गरिएका सबैलाई केआई नेपालको सुरक्षित आवासगृहमा चितवन पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली