पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २६, कालिकोट । </b>जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ११ साविकको बदालकोट गाविसको १, २ र ३ वडाहरुका स्थानिय कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । <br></p><p>खाँडाचक्र नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा एक हप्ते रेबिज बिरुद्धको खोप कार्यक्रम अन्तर्गत विहीबार पहिलो दिन १ सय २ कुकुरलाई लगाईएको पशु सेवा प्राविधिक माधवप्रसाद पाण्डेले जानकारी दिए ।</p><p>उनकाअनुसार शुक्रबार खाँडाचक्र नगरपालिकाको वडा नं. १ र २ को लागि पञ्चदेवल माध्यामिक विद्यालयमा भ्याक्सिन लगाउने कार्यक्रम रहेको छ । पशु सेवा प्राविधिक खडानन्द पाण्डेको नेतृत्वमा स्वयम्सेवक हरिकृष्ण देवकोटा, बिर्ख चदारा लगायतको टोलीले फिल्डमा खटिएको बताइएको छ ।</p>

