2026-09-14 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा आठसय ७८ जनालाई हात्तीपाइले

माघ २६, जितपुर | यहाँ ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३/०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् । 

सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको थियो । 

त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमित भेटिएका थिए । त्यसपछि पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन । 

नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसरी जिल्लाको तथ्यांक हेर्दा सरकारले सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने कुरा निकै चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मी बताउँछन् । 

जिल्लामा यस वर्ष पुनः हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । यही फागुन १२ देखि तीन दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। “नौ वर्षे अभियान उपलब्धिमूलक देखिएन, त्यसैले फेरि यो अभियान सञ्चालन गर्न लागेका छौँ, स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले भन्नुभयो,– “अभियानमा पोका पारेर औषधि बाँडियो, तर धेरैले खाएनन्, त्यसैले रोगको निवारण भएन ।” उहाँका अनुसार नमूना रक्त परीक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन् । 

तत्कालीन बहादुरगञ्ज, महाराजगञ्ज र बाणगंगा गाविसका ९०० जनाको नमूना परीक्षण गर्दा सो फेला परेको थियो । २०७२ कात्तिकमा केन्द्रीय र जिल्लास्तरीय टोलीले नमूना रक्त संकलन गरेको थियो। २०७२ सालमा बजेट स्वीकृत नहुँदा अभियान सञ्चालन भएको थिएन। 

विसं २०७१ मा जिल्लाका ४० विद्यालयका छ र सात वर्ष उमेरका बालबालिकामा समेत नमूना परीक्षण गर्दा करिब पाँच प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको प्रमुख भगतले बताउनुभयो । सोही तथ्यांक बाहिर आएपछि जिल्लामा दुई वर्ष अभियान थपिएको थियो । यो हात्तीपाइले विरुद्धको अभियान जिल्लामा अन्तिम भएकाले सबैले हातेमालो गर्न उहाँले अपिल गर्नुभयो । 

सो रोगविरुद्ध दिइने औषधि पूर्णरूपमा सुरक्षित भए पनि भ्रममा परेर धेरैले नखाएपछि समस्या देखिएको तौलिहवा अस्पतालका डाक्टर सजल त्वानावासुले बताउनुभयो । “सो रोगविरुद्ध दिइने औषधि विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको हो, त्यसैले यो पूर्णरूपमा सुरक्षति छ, ढुक्कसँग खाए हुन्छ” उहाँले भन्नुभयो । औषधि सेवनले सामान्य असर देखिन सक्ने भएपनि केही नहुने उहाँको भनाइ छ । 

रोगका परजीवी रहेका मानिसलाई सामान्य वाकवाकी रिंगटा आउने र टाउको दुख्न सक्ने उहाँले जानकारी दिनुभयो । “यो भनेको सामान्य कुरा हो, औषधि सेवनले हात्तीपाइले सर्नबाट सुरक्षित राख्छ” स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द चौरसियाले भन्नुभयो । 

औषधिविरुद्ध भ्रामक कुराले गर्दा गाउँतिर भन्दा शहर बजारतिर औषधि सेवन नगरेको उहाँले बताउनुभयो । “गाउँमा मानिसले ढुक्कसँग औषधि खाए, शहरीयाले पोकामा थन्काएर राखे” उहाँले भन्नुभयो– “त्यसले गर्दा अभियानले सार्थकता पाउन सकेन ।” यस पटक ३० देखि ४० घरको बीचमा एकजना स्वयंसेवक परिचालन गरिने योजना रहेको उहाँले सुनाउनुभयो । 

स्वयंसेवककै प्रत्यक्ष निगरानीमा औषधि खुवाइनेछ । हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक व्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ । केटाकेटी यो रोगको जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन् । 

यो रोग लागेपछि खुट्टा सुन्निएर हात्तीको जस्तै हुने, हात, स्तन सुन्निने गर्छ । यो औषधि दुई वर्षमुनिका बालबालिका, सात दिनको सुत्केरी, कडा रोग लागेका र ७० वर्ष नाघेकाले सेवन गर्न नहुने चिकित्सक बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ