माधव बेल्वासे/माघ २९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५ महिने सिलाइ कटाइ तालिम सुरु गरिएको छ ।

महिलाहरु वेरोजगार तथा चुलो चौकोमात्र सिमित रहेकोले व्यावसाय तथा आत्मनिर्भर गराउन नगरपालिकाले यस्तो कदम चालेको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले वताए ।सिप सिकाएर आफ्नो व्यावसाय संचालन गरेमा जिविको पार्र्जनको लागी सहज हुने अधिकारीले जिकिर गरे ।

नगर प्रमुख अधिकारीले सिकेका कुरालाई व्याभारमा उतारेर आफ्नै व्यावसाय संचालन गर्न सहभागीहरु लाई आग्रह गरे ।सिलाई कटाई वाट राम्रो आम्दानी गर्न सकिने भएकाले यो सिपलाई व्याभारीक रुपमा ल्याई काम गर्नुपर्नेमा जोड दिए ।

शिवराज नगरपालिकाको सहयोग र दियालो नेपाल कपिलवस्तुको आयोजनामा भएको उक्त तालिम ५ महिना सम्म चल्ने छ ।महिला तथा किशोरीहरुको लागी यो सुनौलो अवशर रहेको नगर उपप्रमुख शिवकुमारी थारुले वताइन ।

सिलाई कटाई सिकेपछि आफ्नै घरमा पनि यो व्यावसाय गर्न सकिने भएकाले यो महत्वपुर्ण तालिम रहेको जिकिर गरिन ।तालिममा २२ जनाको सहभागीता रहेको छ ।

कार्यक्रममा हिमपात सहकारीकी कविता आचार्य,नगर कार्यपालिका सदस्य शान्ता सेन,वडा न ५ का अध्यक्ष अर्जुन पाण्डे,समाजसेवी क्षेत्र वहादुर खत्री लगाएतले तालिममा सिकेका कुरालाई व्याहाभारमा उतार्ने उद्देश्यले सहभागी हुन आग्रह गरेका थिए ।

दियालो नेपालका अध्यक्ष कमला भुषालको अध्यक्षता, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्ता,उपमेयर शिवकुमारी थारु,कार्यपालिका सदस्य सिवि गहतराज लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन प्रेमकला पौडेलले गर्नुभएको थियो ।

कपिलवस्तुमा ५ महिने सिलाइ कटाई तालिम सुरु