2026-09-14 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

द्वन्द्वकालमा विस्थापित सडक कार्यालय स्थापित भएन

फागुन ४, कपिलवस्तु | द्वन्द्वकालमा विस्थापित भएको कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित डिभिजन सडक कार्यालय अझै पुनःस्थापन हुनसकेको छैन । 

तालुकदार मन्त्रालयले कार्यालयलाई साविककै स्थानमा पुनःस्थापना गर्न निर्देशन दिए पनि बेवास्था गरिएकाले उक्त कार्यालय हालसम्म जिल्लाको गोरुसिंगेमा रहेको संपर्क कार्यालयबाटै सेवा प्रदान गर्दै आइरहेको छ । कागजपत्रमा शिवपुर लेखिए पनि काम भने गोरुसिंगेबाट भइरहेकाले कार्यालयको वैधानिकतामा समेत प्रश्न उठाएको स्थानीयवासी बताउँछन् । 

शिवपुरवासीले पटक÷पटक कार्यालयलाई शिवपुरमै पुनःस्थापन गर्न माग गर्दासमेत कुनै सुनुवाई नभएको स्थानीय कृष्ण थापाले बताउनुभयो । तत्कालीन विद्रोही नेकपा (माओवादी केन्द्र)ले ०५८ सालमा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरमा आक्रमण गरेकामा ठूलो क्षति नभए पनि असुरक्षाको कारण देखाउँदै गोरुसिंगेस्थित सेनाको क्याम्प नजिक कार्यालय सारिएको थियो । 

जिल्लादेखि केन्द्रसम्म पटक÷पटक धाउदासमेत कसैबाट पनि पुनःस्थापनका लागि ठोस पहल भएन, कर्मचारी अटेर गरेर गोरुसिंगेमा बसेका छन् हामीले भनेको कसैले मन्दैन शिव पाण्डेको भनाइ छ । 

पश्चिमाञ्चल सडक डिभिजन कार्यालय ५ नं इञ्जिजियर वीरेन्द्र कुँवरकाअनुसार गोरुसिंगेवासीको अवरोधका कारण कार्यालय सार्न कठिनाइ भइरहेको छ । मन्त्रालयबाट उक्त कार्यालय गोरुसिंगेबाट शिवपुर सार्न आदेश आइसकेको छ, तर ल्याउन नदिइएको इञ्जिनियर वीरेन्द्र कँुवरले बताउनभयो । गोरुसिंगेमा बसेर कार्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको उक्त कार्यालयका कर्मचारीले बताउँदै आएका छन् । 

नेपालमा शान्ति स्थापना भएको एकदशक बित्दा समेत शिवपुरस्थित सडक डिभिजन कार्यालय बेवारिसे भएको छ र करौडौंको भौतिक संरचना जीर्ण बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ