२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पुरातात्विक प्रमाण जुटाइँदै

२०७४, ६ फाल्गुन आईतवार १२:३६

कृष्णराज गौतम /  फागुन  ६, कपिलवस्तु | पुरातत्व विभागले ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले त्यस क्षेत्रमा उत्खनन भइरहेको छ

। 

विश्व सम्पदा समितिको सचिवालयमा ती प्रमाणसहितको प्रस्ताव पुर्याउनका लागि अहिले उक्त स्थानका प्राचीन महत्वका पुरातात्विक प्रमाण जुटाउन उत्खनन भइरहेको छ । 

प्राचीन समयमा राजा शुद्धोधनको राजाप्रसाद रहेको यस क्षेत्रमा सिद्धार्थ गौतमको बाल्यकाल, युवावस्था गरी २९ वर्ष जीवन व्यतित गरेको स्थान हो । सिद्धार्थले बुद्धत्व प्राप्तका लागि ज्ञानको खोजी गर्न दरबारको पूर्वी क्षेत्रबाट बाहिरिएको भनाइ छ । सो ठाउँको ऐतिहासिक महत्व रहेपनि उचित व्यवस्थापन तथा संरक्षणको अभावमा प्रचारप्रसार हुन नसक्दा अहिले ओझेलमा परेको छ । 

विभागका प्रवक्ता रामबहादुर कुँवरले उत्खननबाट कतिपय बलिया प्रमाण प्राप्त भएको भए पनि उचित समयअगावै त्यसलाई सार्वजनिक नगर्ने जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्तर्राष्ट्रियरुपमा बस्ने बैठकले तिलौराकोटको प्राचीन कपिलवस्तु राज्यको राजधानीका रुपमा रहेको र त्यहाँ बुद्धकालीन समय अगाडि नै बलियो मानव सभ्यताको विकासक्रम रहेका विभिन्न अनुसन्धानबाट प्राप्त भएका तथ्यका आधारमा विश्व सम्पदा सूचीमा राख्नका लागि अनुमोदन गर्ने सम्भावना छ । 

बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोषले समेत उक्त कार्यक्रममा महत्वपूर्ण सहयोगका साथै सहभागिता जनाएका छन् । युनेस्को जापानिज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा करिब तीन वर्षदेखि त्यस क्षेत्रमा उत्खनन कार्य भइरहेको छ । अबका एक सातामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले पुरातात्विक उत्खनन सम्पन्न गर्नेछन् । 

उक्त क्षेत्रलाई महत्वपूर्ण सम्पदास्थलका रुपमा स्थापित गराउन त्यस कार्यमा सहभागी भएका विभिन्न मुलुकका विज्ञको समन्वय, सहकार्य तथा दिनहुँ उपलब्धिका बारे छलफल गर्ने गरेका छन् । बंगलादेशस्थित युनिभर्सिटी अफ लिबरल आर्टसका प्राध्यापक डा शहनज हुस्ने जाहनले विश्व परिवेशमा कपिलवस्तुको प्राचीन सभ्यता अगाडि ल्याउनका लागि उत्खनन कार्य महत्वपूर्ण रहेको बताउनुहुन्छ । 

मानवरहित ड्रोनबाट तस्वीर लिने र जमिनको आस्था विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि नयाँ सूचना तथा तथ्य बाहिर आएको हो । इशापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानवबस्ती भएको तथ्य फेला परेको छ । 

पाकिस्तानको पुरातत्व विभाग र संग्रहालयका निर्देशक डा अब्दुल आजिमले दक्षिण एसियामा नै त्यहाँको संस्कृति प्राचीन समयदेखि उत्कृष्ट रहेको उत्खननबाट पाइएका प्रमाणबाट बुझ्न सकिने बताउँदै त्यस क्षेत्रको संरक्षण र व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो । 

उहाँले पाकिस्तानमा इस्लाम धर्म अगाडि बुद्ध दर्शनको राम्रो प्रभाव रहेको जानकारी दिनुभयो । बौद्ध साहित्यमा बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, प्रथम धर्म चक्र प्रवद्र्धन गरेको स्थान सारनाथ र शरीर त्याग गरेको कुशीनगरलाई धर्मावलम्बी चार पवित्र तीर्थस्थलका रुपमा मानेका छन् । ती स्थलमध्ये तिलौराकोट नरहेकाले पनि यसले त्यति चर्चा र महत्व पाउन नसकेका कारण ओझलमा परेको पुरातत्वविद् कोशप्रसाद आचार्यले विचार व्यक्त गर्नुभयो । 

उक्त स्थानको चर्चा नभएको र त्यस वरपर क्षेत्रमा भौतिक पूर्वाधारको राम्रो विकास नभएको भएर पनि पर्यटक लुम्बिनी आउने र त्यहीबाट फर्कने गरेको पाइन्छ । त्यसैगरी स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत उक्त टोलीले सर्भे गरिसकेको छ । 

यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा पनि अनुसन्धान गरी प्राचीन लुम्बिनी ग्रामको नयाँ इतिहास बाहिर ल्याउनुका साथसाथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको थियो । कपिलवस्तु संस्कृतिक हिसाबले धनी छ । पुरातात्विक हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विक स्थल यही जिल्लाबाट प्राप्त भएका छन् । 

मुलुकको ठूलो पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना भएको त्यस क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन सकिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध