2026-09-14 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा अपाङ्गता प्रतिशत पुनरावलोकन गरिने

फागुन १०, कालीकोट | सशस्त्र द्धन्द्धको समयमाअपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारत तथा पुनरावलोकन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले विगत २०५२ सालदेखी ६२ सालसम्मको सशस्त्र द्धन्द्धको समयमा घाईते भई जीवन निर्वाह भत्ता पाउँदै आएका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धाण तथा पुनरावलोकन गर्न लागेको हो ।

कालिकोट जिल्लाका बिभिन्न स्थानीय तहमा द्धन्द्धको समयमा अपाङ्गता भएर जीवन निर्वाह भत्ता पाउँदै आएका व्यक्तिहरुको डाक्टरको सिफारिसका आधारमा अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोक गर्न लागिएको प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी दिए । उनका अनुसार कालिकोट जिल्लामा द्धन्द्धको समयमा अपाङ्गता भई जीवन निर्वाह भत्ता खाने जम्मा ६५ जना रहेको र हालसम्म अपाङ्गता प्रतिशत निर्धारणका लागि ५१ जनाले मात्र प्रशासनमा निवेदन दिएको बताए ।

जीवन निर्वाह भत्ता खानेहरु मध्य १४ जनाले निवेदन समेत नदिएको समेत उनले जानकारी दिए । पहिले कतिपयको अपाङ्गताको प्रतिशत नखुलेको तर जीवन निर्वाह भत्ता लिँदै आएकाले त्यस्ता व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण गर्ने, पहिले अपाङ्गता प्रतिशत निर्धारण भएका व्यक्तिहरुको पनि विगतको अवस्था र अहिलेको अवस्थाको बारेमा जानकारी लिने प्रजिअ गौतमले बताए ।

उनले जीवन निर्वाह भत्ता खाने ६५ जना मध्य १२ जना शान्तिमन्त्रालयको कार्यदलमा नामै नभएकाहरु रहेका छन् भने थप १३ जनाले द्धन्द्धको समयमा घाईते भएपनि आफुहरुले जीवन निर्वाह भत्ता नपाएको भन्दै प्रशासनमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले