2026-09-14 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका अध्यक्ष तुलाराम पाण्डेलाई कान्तिपुर प्रोत्साहन पुरस्कार

फागुन ११, कालीकोट | कान्तिपुर दैनिकका उपसम्पादक एवं नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार पाएका छन् । 

कालिकोटमा रहेर १८ वर्षदेखि पत्रकारिता गरिरहेका पाण्डेलाई उत्कृष्ट समाचार लेखे वापत कान्तिपुर पब्लिकेशन्सको २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । पाण्डे मध्यपश्चिम ब्यूरोअन्र्तगत भेरी कर्णाली र राप्तीको तर्फबाट छनोट भइ फागुन ७ गते कान्तिपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाबाट पुरस्कृत भएका हुन् ।

खाँडाचक्र ३ ताडी निवासी पाण्डले यसअघि सशस्त्र द्वन्द्वमा जोखिम उठाएर पत्रकारिता गरेवापत यदु स्मृति पत्रकारिता पुरस्कार, दलितको पक्षमा कलम चलाए वापत जागरण मिडिया सेन्टरवाट स्थापित सुवास दर्नाल पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघद्धारा स्थापित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार र राष्ट्रिय सरसफाई पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छन् । पाण्डे १८ वर्षदेखि कालिकोटमा रहेर पत्रकारिता र समाज सेवाको क्षेत्रमा क्रियाशील छन् ।

माथिको तश्विरमा: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवम् प्रवन्ध निर्देशक कैलाश सिरोहियाबाट काठमाडौमा पुरस्कार ग्रहण गर्दै कान्तिपुर उपसम्पादक तुलाराम पाण्डे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले