पढ्न करिब 2 मिनेट लाग्छ

फागुन १३, कालिकोट । ग्रामीण पुर्ननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रमले ग्रामीण क्षेत्रका १५ जना यूवाहरुलाई पलम्बिङ सम्बन्धि तालिम शुरु गरेको छ ।

नेपाल सरकार र बेलायत सरकारको साझेदारीमा कालीकोट जिल्लामा लागू भएको उक्त कार्यक्रमको सहयोग, जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालयको समन्वयमा जिल्लाका तीलागुफा नगरपालिका, नरहरीनाथ र शान्नित्रिवेणी गाउँपालिकाका १५ जना युवाहरुलाई २५ दिने पलम्बिङ तालिम दिन लागेको हो ।

ग्रामीण पुर्ननिर्माण संस्थाका कालीकोट जिल्ला संयोजक लिलाराज न्यौपानेले जिल्लामा नयाँ बन्ने स्थानीय संरचनाहरुमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तथा ग्रामीण क्षेत्रका विपन्न परिवारका यूवाहरुलाई व्यवससाय गरी उनीहरुको आयआर्जनमा सुधार गर्ने उद्देश्यले १ सय ६० घण्टे पलम्बिङ तालिम आयोजना गरिएको बताए ।

उनले मानव विकास सुचाङ्कमा पछाडि परेको जिल्ला भएकाले गरिबी न्यूनिकरणका लागि बिभिन्न सीपहरु प्रदान गर्नसामुदायिक विकास कार्यक्रम लागू गरिएको बताए ।

२५ दिने तालिममा आधुनिक घर तथा होटलहरुमा पानीको लाईन जडान, ट्वाईलेट, बाथरुममा पानीको लाईन जडान, वास मेसिन राख्ने तरिका र बिभिन्न खानेपानी आयोजनाहरुको मर्मत सम्बन्धि सीप सिकाइने बताए ।

कार्यक्रममा प्रमूख अतिथि तिलागुफा नगरपालिकाका प्रमूख रतनबहादुर शाहीले स्थानीय युवाहरुलाई २५ दिने पलम्बिङ तालिम निकै उपयोगी हुने भन्दै नगरपालिकाले पनि यस्ता सीपयुक्त तालिमहरुमा लगानी गर्ने बताए ।

कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका सूचना अधिकारी देवानन्द धिताल, गैरसरकारी संस्था महासंघका अध्यक्ष बीरेन्द्र बुढा, ग्रामीण पुर्ननिर्माण संस्थाका सुशासन अधिकृत राजेश प्रकाश ऐरी लगायतले युवाहरुका लागि दिन लागिएको पलम्बिङ तालिम उनीहरुको व्यवसायिक विकासका लागि महत्वपुर्ण हुने बताएका छन् ।