2026-09-14 04:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नानीकोटको गाँउपालिकाद्धारा स्वास्थ्य चौकी अनुगमन

फागुन १८, कालिकोट । पचालझरना गाउँपालिका वडा नं. ७ स्थिति स्वास्थ्य चौकी नानीकोटको गाँउपालिकाद्धारा अनुगमन गरिएको छ । 

पचालझरना गाउँपालिका स्वास्थ्य विभाग प्रमूख अरुण रोकाया, शिक्षा विभाग प्रमूख बिर्सलाल आचार्य, वन विभाग प्रमूख देवजंग कठायत, गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत छक्कबहादुर शाही, भेटनरी प्रमूख करबीर कामी लगायतको टोलीले शुक्रबार स्वास्थ्य चौकी नानीकोट र बर्थिङ सेन्टरको समेत अनुगमन गरिएको बताईएको छ ।

अनुगमनका अवसरमा नानीकोट पुगेका गाउँपालिका स्वास्थ्य विभाग प्रमूख अरुण रोकायाले स्वास्थ्य चौकी नानीकोटको सेवा प्रबाह, समस्या तथा आवश्यकताका बारेमा जानकारी लिईएको जानकारी दिए । 

उनले स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुका लागि आवश्यक पर्ने अक्सीटोक्सिन सुईको अभाव रहेको, सामान निर्मलीकरण गर्ने अटोकल्याव मेसिन र बिरामीको नाक, कान र घाँटीको जाँच गर्ने ईएन्टी सेट मेसिनको आवश्यकता रहेकोले गाउँपालिकाबाट उपलब्ध गराउन पहल गर्ने बताए ।

उनले गाउँपालिका भित्रका स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारका लागि आवश्यक जाँचबुझ गर्न गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरुको निरन्तर अनुगमन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले