Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विश्व कृतिमानी अर्पण शर्मा कालीकोटमा

२०७४, १८ फाल्गुन शुक्रबार १५:२४

फागुन १८, कालीकोट । एक मिनेटमा ४२ वटा शब्दहरु कण्ठ गरेर विश्व रेकर्ड राख्न सफल अर्पण शर्माले कालीकोटका यूवाहरुलाई पनि स्मरण शक्ति अभिबृद्धि तालिम दिएका छन् । 

मेमोरी किंङका रुपमा परिचित अर्पण शर्मा कट्टेलले शुक्रबारबाट कालिकोटका भण्डै २ सय जना भन्दा बढी युवाहरु उक्त तालिम दिँदैछन् ।


एवान मिडिया सेन्टरको आयोजनामा प्रति व्यक्ति एक हजार देखी १ हजार ५ सय शुल्क लिईएको तालिममा कुनै पनि व्यक्तिले आफ्नो दिमागलाई कसरी सक्रिय बनाउने ?आफ्नो नियन्त्रणमा कसरी राख्ने?कुनै पुस्तक नै एकै छिनमा कसरी स्मरण गर्ने लगायतका बिषयमा तालिम दिईएको छ । तालिम अवसरमा शर्माले नेपालमा गलत शैक्षिक नीतिकै कारण झण्डै ५० प्रतिशत युवाहरुले डिप्रेशनको समस्या भोगी रहेको बताए ।

उनले अध्ययन गर्ने कुरा रटेर मात्र नहुने भन्दै कुनै पनि कुराको चित्रद्धारा, भिडियो बनाएर अध्ययन गर्दा सहजै स्मरण गर्न सकिने बताए । उनले नेपालको संविधानलाई पनि अक्षरशः स्मरण गर्न सकिने बताए । धेरैजसो लोकसेवा आयोगको तयारी गर्ने विद्यार्थीहरुलाई आफुले दिएको तालिमकै कारण सफलता मिल्ने गरेको उनको दाबी छ ।

विद्यालयमा ५४ मिनेटको एउटा कक्षा सकिए लगत्तै अर्को कक्षा सुरु गर्ने परिपार्टीले विद्यार्थीहरुको दिमागलाई तनाव मात्र दिने गरेको भन्दै उनले एक कक्षा पछि न्यूनतम १५ मिनेट विद्यार्थीलाई आरामगर्न दिनुपर्ने उनको भनाई छ । 

उनले योगमार्फत हरेक व्यक्तिको दिमागलाई सक्रिय बनाउने, जुनसुकै बिषयलाई चित्र र भिडियो बनाएर बुझ्ने गर्दा मानिसको स्मरण शक्तिमा दश गुणा बृद्धि हुने जानकारी दिए ।

आफुले बर्षभरी विद्यालय नजाने तर हरेक बर्ष विद्यालयकै उत्कृष्ठ अंक ल्याउन गरेको सुनाउँदै आफुले दिएका तरिकाहरु अपनाए कुनै पनि विद्यार्थीले बर्षभरी विद्यालय गईराख्नु नपर्ने बताए । नियमित विद्यालय गएर जति रटेपनि निकै राम्रो विद्यार्थीले पनि राम्रो अंक ल्याउन नसक्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै