२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

‘कर्णाली राजमार्गमा राती गाडि चलाउने छुट नदिऔं’

२०७४, १९ फाल्गुन शनिबार १५:२०

फागुन १९, कालिकोट । कर्णाली प्रदेशको संघीय मामिला तथा कानुन मन्त्रालयले सडक सुरक्षाका लागि तयार पारेको ४० बुँदे कार्यक्रमका बिषयमा जिल्ला प्रशासन कार्यालय कालिकोटमा आयोजित छलफल कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले निकै जोखिमयुक्त कर्णाली राजमार्गमा स्तरोन्नती बिना राती सञ्चालन गर्न नहुने बताएका छन् । उनीहरुले राजमार्गको स्तरोन्नती नगरी राती पनि यातायात सञ्चालन गर्ने निर्णयले दुर्घटना बढाउने भन्दै चिन्ता जनाएका हुन् ।

जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनिपाल शाहीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा रारा कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष हस्तबहादुर बमले साना गाडिहरु पनि राती १० बजेदेखी बिहान ५ बजेसम्म सडकको स्तरोन्नती नभएसम्म बन्द गरिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले कालोपत्रे भनिएको कर्णाली राजमार्ग अहिले ८० प्रतिशत भत्किएको भन्दै न्यूनतम दुई लाइन सडक नभएको, साँघुरो र निकै जोखिमयुक्त राजमार्ग भएकाले २४ सैं घण्टा सवारी साधन सञ्चालन गर्न नहुने बताए ।


कर्णाली राजमार्ग कर्णालीवासीहरुका लागि मृत्युमार्ग जस्तै बनेको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड सञ्चालन भएदेखी हालसम्म साना ठूला गरी १ सय ५९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा यहाँका सयौ नागरिकहरुले ज्यान गुमाउनु परेको छ । राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड संचालन भएदेखी यात्रुबाहक बस, ट्याक्ट्र, मिनी टाटा, मिनी ट्रक, जीप गरी १ सय ५९ वटा दुर्घटनाहरु भएका हुन् । यि दुर्घटना मध्ये सबैभन्दा बढी ८५ वटा दुर्घटना कालिकोट खण्डमा मात्र भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने