Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा सचेतना अभियानमा महिलाहरु

२०७४, २५ फाल्गुन शुक्रबार १५:१६

फागुन २५, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ५ दाहाँमा महिलाहरु सुनौला हजार दिनका बारेमा जनचेतना फैलाउने अभियानमा जुटेका छन् । आमा गर्भवती भएदेखी बच्चा दुई बर्ष पुगुन्जेसम्मको अवधि सुनौला हजार दिनले बालबालिकाको शारिरिक, मानसिक तथा संवेगात्मक विकासमा महत्वपुर्ण समय मानिने भएकाले यस अवधिमा बच्चाको स्याहार र हेरचाहा राम्रो गरी गर्भवती, सुत्केरी महिला तथा बालबालिकाहरुको पोषणको अवस्थामा सुधार ल्याउन उक्त अभियानमा दाहाँका महिलाहरु जुटेका हुन् ।

स्वास्थ्य चौकी दाहाँको आयोजना तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा नगरपालिकाको वडा नं. ५ देखी सुनौला हजार दिनका बारेमा जनचेतना फैलाउन अभियान थालेको नगर उप प्रमूख बिजया बिष्टले बताईन् । उनले आफुहरुले नगरपालिकालाई कुपोषणमुक्त नगरका रुपमा विकास गर्न दाहाँबाट थालेको अभियान सवै वडाहरुमा बिस्तार गर्ने बताईन् ।

उनले भनिन्, ‘खाँडाचक्र नगरपालिकाले नगरका विभिन्न बर्थिङ्ग सेन्टर र जिल्ला अस्पतालमा महिलाहरु प्रसुती सेवा लिन आउँदा आफै खाना पकाएर खाने व्यवस्था मिलाउन ग्याँस र चुलो उपलब्ध गराएका छौँ’ उनले भनिन्, ‘नगरका सबै महिलाहरुलाई आमा गर्भवती भएदेखी बच्चा दुई बर्ष पुगुन्जेलसम्मको सुनौला हजार दिन र स्वास्थ्य संस्थामै प्रसुती सेवा लिनका लागि प्रोत्साहन गरिनेछ ।  उनले आफुहरुले नगरपालिकाका ११ वटै वडाबाट घरायसी सरसफाई, बालबालिकाको स्याहार, समयमै सबै खोप लगाउने लगायतका मापदण्डमा उत्कृष्ट हुने एक एक जना महिलाहरुलाई वडा अध्यक्षको सिफारिसमा नगरले पुरस्कृत गर्ने कार्यक्रम ल्याएको बताईन् ।


स्वास्थ्य चौकी दाहाँकी ईन्चार्ज रुपा भण्डारीले आफुहरुले स्थानीय महिलाहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु, स्वास्थ्य आमा समुहको सक्रियतामा सुनौला हजार दिन बारे जनचेतना फैलाउने अभियान थालेको बताईन् । उनले अहिले पनि कतिपय महिलाहरु स्वास्थ्य संस्थामा बच्चा जन्माउन नआउने, बच्चालाई समयमै खोप लगाउन लापरवाही गर्ने लगायतका समस्याका कारण बिभिन्न खालका समस्या झेल्दै आएको बताउँदै यसको अत्यका लागि महिलाहरुको सक्रियतामा घरदैलोमा पुगेर सचेत गराउने बताईन् ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण कार्यक्रमका फोकल पर्सन कटकबहादुर महतले हालसम्म पनि यस जिल्लाका गर्भवती तथा सुत्केरी महिलाहरुमा आफुले लिनु पर्ने सेवा बालबालिकाहरुलाई गर्नु पर्ने स्याहार तथा पौष्टिक आहार दिनुपर्ने चेतनामा कमी रहेको बताए । उनले हाल जिल्लामा थालिएको सुनौला हजार दिन अभियानले गर्भवती, सुत्केरी महिला तथा दुई बर्ष मुनीका बालिबालिकाहरुको पोषण अवस्थामा सुधारोन्मुख रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै