माधव बेल्वासे/चैत्र २, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ लाई शुक्रावार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ ।

नगरले लिएको वैसाख भित्रमा नगरलाई नै खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुसार वडालाई घोषणा गरएको हो ।

३ नम्वर वडाको पहिचान खुल्ला दिशा मुक्त अभियान भन्ने नारा सहित सो अभियान संचालन गरिएको थियो ।

कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकालाई वैसाख भित्रै खुल्ला दिशा मुक्त घोषणा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।नगर भित्रका ११ वडा मध्ये ६ वटा वडा खुल्ला दिशा मुक्त घोषणा भइसकेको र वाकि ५ वटाको तयारी भइरहेको प्रमुख अधिकारीले वताउनु भयो ।जनसमुदाय आफै सजक भएकोले अव शौचालय बनाउन भनेर अनुरोध गर्न नपर्ने र आफैले शौचालय निमार्णमा सवै लागी परेको वताए । उनले भने– “शौचालय सवैलाई आवश्यक हो त्यसैले सवैले यसको प्रयोग गर्नु पर्छ” । क्रमश वडाहरुलाई खुल्ला दिशा मुक्त घोषणा गरी यस नगरलाई सुन्दर र हरभरा गराउने योजना रहेको अधिकारीले वताए ।

खुल्ला दिशा मुक्त घोषणा गर्दै शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वडामा रहेका १३ सय ४ घरधुरीमा पहिला ६ सय ६८ घरधुरी मा र अहिले ६सय ३६ घरधुरीमा शौचालय बनेको वताए । वडालाई खुल्ला दिशा मुक्त घोषणा गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

वडा अध्यक्ष सापकोटाले अवका दिनमा शौचालयको प्रयोग गरे नगरेको अनुगमन गरिने वताए । वडाका आगामी दिनमा पुर्णसरसफाई,सुरक्षीत खानेपानि,वालमैत्री स्थानिय शासन युक्त वडा,पुर्ण साक्षर,पुर्ण खोप युक्त वडा लगाएतका कामलाई पुरा गर्ने जनाए ।कार्यक्रममा सुआहाराका प्रविधिक मास्टर दयाराम शर्मा,शिवराज नगरपालिकाका सरसफाई दुत महादेव पोख्रेल लगाएतले शौचालय निमार्ण गरेर मात्र नहुने प्रयोग गर्नुपर्ने वताए ।

युनिसेफको सहयोग कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, उपमेयर शिवकुमारी थारु,प्रशासकिय अधिकृत शेसकान्त पौडेल,इलाका प्रशासन चन्द्रौटा प्रमुख जगदिश अर्याल लगाएतको सहभागीता रहेको थियो ।

कपिलवस्तुको शिवराज ३ खुल्ला दिशा मुक्त घोषणा
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment