2026-09-14 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुशासनका लागि यूवाहरुको भुमिका महत्वपूर्ण

चैत २, कालिकोट | समृद्ध नेपाल निमार्णका लागि स्वस्थ कमर्ठ र उद्यमी युवा भन्ने मुल नाराका साथ शुक्रवार सुशासनमा युवाको भुमिका विषयक १ दिने परामर्श तथा अन्तरक्रिया कार्यक्रम मान्ममा सम्पन्न भएको छ । जिल्ला युवा समिति कालिकोटको आयोजना तथा राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा युवाहरुलाई जागरुक बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

युवा समिति कालिकोटका अध्यक्ष तुलराज मल्लको अध्यक्षता, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहराको प्रमुख आतिथ्यता र नेपाल बार एशोसिएसनका जिल्ला अध्यक्ष हिक्मतबहादुर विष्टको विशेष आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवासचन्द्र बोहराले नेपालको तथ्याङ्कमा ४० प्रतिशत भन्दा बढी युवा रहेको बताउँदै युवाहरुले उद्यमी हुनुपर्नेमा जोड दिए ।

उनले युवाहरुलाई विभिन्न तालिमको आयोजना गरि युवालाई सुसुचित बनाउन कालिकोट जिल्लाका सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला बारका अध्यक्ष हिक्मत विष्टले युवा भविष्यका कर्णदार मात्र नभई वर्तमानका साझेदार भएकाले युवाको प्रत्येक क्षेत्रमा महत्व उत्तिकै रहने बताए । उनले सूचनाको हक सम्वन्धिको ऐन २०६४ जारी भएपनि अहिलेसम्म युवाले सुचना माग कसरी गर्नुपर्ने भन्ने कुरा नबुझेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा जिल्ला बाल कल्याण समितिका अध्यक्ष लालबहादुर मल्ल, रेडियो नयाँ कर्णालीका स्टेशन मेनेजर भरतराज विष्टले जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकाका युवाहरुले आफ्नो कर्तव्यलाई नभुल्न आग्रह गरे । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहबाट युवाहरुको उपस्थिति रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले