Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

लाखौ खर्चेर कालिकोटका जनप्रतिनिधीहरु भ्रमणमा

२०७४, ४ चैत्र आईतवार १६:३०

चैत ४, कालीकोट  | आर्थिक बर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा कालीकोटका विभिन्न स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधीहरु अन्य जिल्ला भ्रमणमा निस्किए पछि स्थानीय तहको काम प्रभावित भएको छ । स्थानीय तहमा हुने गाउँका बिकास योजनाहरुको सम्झौता गर्नु पर्ने चटारो भएका बेला स्थानीय तहका कर्मचारी र जनप्रतिनिधी सरकारी बजेटमा भ्रमणमा निस्किएका हुन् ।

अध्ययन भ्रमण भन्दै स्थानीय तहले लाखौ रुपैयाँ खर्च गरेर भ्रमण गरेका छन् । शुभ कालिका गाउँ पालिकाका अध्यक्ष सहितको जम्बो टोली गाउँपालिकाको २० लाख रुपैयाँ लिएर अवलोकन भ्रमणमा गए पछि स्थानीयले बिरोध गरेका छन् । सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीय भिमप्रसाद आचार्यले बताए । उनले आफ्नो गाउँठाउँको आधारभुत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको औल्याए ।

अवलोकन भ्रमणको नाममा गाउँपलिकाका जिम्मेवार पदमा रहेका सबै प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएको उनको आरोप छ । गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमणमा निस्केको बताए । उनले अन्य जिल्लाका विकाका काम कसरी भईरहेका छन्, बजेट विनियोजन कसरी र कुनकुन शिर्षकमा छुट्याईएको छ अन्य स्थानीय तहको अवलोकन गरि राम्रा कुराहरुलाई आफ्नो गाउँपालिकामा लागु गर्नका लागि अवलोकन अनुसरण भ्रमणमा गएको बताए ।

खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी पनि अवलोकन भ्रमणमा गएका छन् । २९ जनाको टोलीसहित पोखरा, पाल्पा, लुम्बिनी लगायतका क्षेत्रमा भ्रमण गर्नका लागि खाँडाचक्र नरपालिकाको नगरसभाबाट ५ लाख रुपैयाँ छुट्याइको खाँडाचक्र नगरपालिकाका कायकारी अधिकृत काशि पंगेनीले बताए । उनले आफु काम विशेषले भ्रमणमा जान नपाएको र जनप्रतिनिधिहरु भ्रमणमा गएकाले यर्थाथ कति खर्च हुन्छ भन्ने एकीन नभएको जानकारी दिए ।

पछिल्लो समय जनप्रतिनिधिको ध्यान विकास नभई बजेट खर्च गर्नेतर्फ मात्र गएको स्थानीयको गुनासो छ । ‘कर्मचारी अभाव, पूर्वाभार अभावजस्ता कुराले स्थानीय तहका काम प्रभावित भइरहेका बेला यसरी भ्रमणमा जानु विकाशबजेट रित्याउने काम भएको स्थानीयले गुनासो गरेका छन् । सिक्ने अवस्थामा रहेका स्थानीय तहले भ्रमणमा जानु उपयुक्त हो तर अहिलेको समयमा राज्यकोषबाट ठूलो रकम खर्च गरेर भ्रमणमा जानु राम्रो नभएको तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सचिव मोहसिंह शाहीले बताए । नगरपालिकाका वडा अध्यक्ष कार्यपालिका सदस्य भनेपनि अन्य व्यक्तिलाई लिएर भ्रमणमा गएकाले यो उपयुक्त नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै