2026-09-14 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका कैदी बन्दीलाई खसी उपहार

चैत ३०, कालिकोट | जिल्ला समन्वय समिति कालिकोटका सदस्य नेत्रराज शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदी बन्दीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा खसी उपहार दिएका छन् । जिल्ला समन्वय समितिबाट घरभाडाका लागि प्राप्त १२ हजार रकमबाट खसी खरिद गरी जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा खसी उपहार दिएको उनले बताए ।

कैदीबन्दीहरुलाई खसी उपहार दिदै उनले आफुलाई प्राप्त भएको घरभाडाको रकम घर नै नभएका कैदी बन्दीहरुलाई नयाँ बर्ष मनाउनका लागि खसी उपहार दिएको बताए । ‘मेरो घर छँदैछ । कारागारमा बन्द कोठामा नयाँ बर्ष मनाउने बन्दीहरुले आफ्नो घरमा बस्न पाएका छैनन्’ शाहीले भने, ‘नयाँ बर्षलाई सामुहिक रुपमा मनाउनका लागि खसी किनेर दिने सोच बनाएको हुँ ।’

कागारका कैदी बन्दीहरुलाई खसी हस्तान्तरण गर्दै शाहीले कैदी बन्दीहरुलाई कविता मार्फत नयाँ बर्षको शुभकामना पनि दिए । उनले गोल घर भित्रका बन्द कोठाबाट भन्ने शीर्षको कविता वाचन गर्दै एउटै धर्ति, एउटै आकाश, बाहिरी भु भाग हेर्न नपाईने तर पात्रोमा हेरेर नयाँ बर्षको महसुस गर्नु पर्ने कैदीबन्दीहरुको पीडा कविताबाट व्यक्त गरेका थिए । लामो समयदेखी देउडा, लोक साहित्यको क्षेत्रमा कलम चलाउने शाहीले बन्दीगृहका कैदी बन्दीहरुलाई यथार्थभित्रका शब्दहरु नामक कविता संग्रह समेत हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले