Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > एमाले कालिकोटका अध्यक्षद्धारा अभिभावकत्व ग्रहण
कालिकोट - KLKसमाज

एमाले कालिकोटका अध्यक्षद्धारा अभिभावकत्व ग्रहण

साझासवाल
Last updated: April 20, 2018 3:38 pm
By
साझासवाल
Share
2 Min Read
SHARE

वैशाख ७, कालिकोट | नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’ले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ का ७ बर्षिया शुशिल बादीलाई विद्यालय भर्ना गरेका छन् । सरकारले यही बैशाख ५ गतेदेखी औपचारिक रुपमा सुरु गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत एमाले कालिकोटका अध्यक्ष शाहीले लालपुर्जा विहीन कृष्ण वादी र उनकी धर्मपत्नी सुर्जकला बादीका छोरा शुशिल बादीलाई विद्यालय भर्ना गरेका हुन् ।

‘हामी सबैको इच्छा, निःशुल्क अनिवार्य आधारभुत शिक्षा, आर्थिक सामाजिक सांस्कृतिक एवम शारिरिक अशक्तताको कारणले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई खोजी खोजी भर्ना गराउँ’ भन्ने मुल नाराका साथ विद्यार्थी भर्ना अभियान अन्तर्गत कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं १ मा रहेको महादेव आधारभुत विद्यालय बालमन्दिरमा एमाले अध्यक्ष शाहीले गरिब तथा विपन्न परिवारका शुशील बादीलाई कक्षा १ मा भर्ना गरी उसको अभिभावकत्व ग्रहण गरे ।

खाँडाचक्र नगरपालिका निवासी लालपुर्जा विहीन बुवा कुष्ण बादी र आमा सुर्जकला बादीका छोरा शुसील बादीलाई माहादेव आधारभुत विद्यालय बालमन्दिरमा भर्ना गरी कक्षा १ देखी कक्षा १० सम्मको सबै पढाई खर्च आफैले व्यहोर्ने प्रतिबद्धता जनाए । महादेव आधारभुत विद्यालय बालमन्दिरकी प्राधानाध्यापक नन्दाकुमारी शाहीको अध्यक्षतामा भएको विद्यार्थी भर्ना कार्यक्रममा उनले अभिभावकत्व ग्रहण गर्दै कालिकोट जिल्लाका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना गर्न सबैले अभियान थाल्नुपर्ने बताए ।

शिक्षा विना व्यक्ति तथा मुलुकमा सम्मृद्धी नहुने बताउँदै उनले जिल्लालाई साक्षर जिल्लाका रुपमा विकास गर्नका लागि कुनै पनि बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर राख्न नहुनेमा जोड दिए । उनले भने, ‘विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पढ्नबाट बञ्चित नराउनको लागी भर्ना अभियानको अवधीमा सबैले जागरुक भएर गाउँगाउँ टोल टोलमा भर्ना अभियान सञ्चालन गर्नुपर्छ ।’

जिल्ला शिक्षा अधिकारी बिष्णु तिवारीले कालिकोट जिल्लामा अझै २ प्रतिशत विद्यालय उमेरका बालबालिकाहरु विद्यालय बाहिर रहेको जानकारी दिए । उनले गत बर्षको तथ्याङ्क अनुसार ९८ प्रतिशत विद्यालय उमेरका विद्यार्थीहरु विद्यालय भर्ना भएको बताए । उनले भने, ‘यस बर्ष हामीले ९८ प्रतिशतबाट ९८ दशमलव ५ प्रतिशत विद्यार्थीहरु विद्यालय भर्ना गर्ने लक्ष्य राखेका छौ । सत प्रतिशत विद्यार्थीहरु विद्यालय भर्ना गर्न यस बर्ष पनि नसकिने उनको भनाई छ ।’

Share This Article
Email Copy Link Print
Previous Article प्रदेश ६ मा संग्रहालय स्थापना गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
Next Article सुर्खेतमा फुटपाथ व्यवसाय गर्नेहरुद्वारा नगरपालिकामा धर्ना
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.