२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रित्तियो बागलुङ गोठथरी

२०७५, १२ बैशाख बुधबार ११:१८

रामबहादुर थापा/वैशाख १२ बागलुङ | कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । 

पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । 

खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक भने गोठथरीसँग लोभिएका छन् । 

गलकोट नगरपालिका–४ निलुवास्थित गोठथरीको चित्र पनि ठीक यस्तै छ । किन एक्लो भयो गोठथरी ? किन बिर्सिए मानिसले ? यो मात्र होइन, पुस्तौँदेखि गोठाला र किसानसँग साइनो गाँसेका गोठथरी अहिले नाम मात्रमा सीमित छन् । कतिपय गोठथरी त किसानको स्मृतिबाट हराइसके । 

खरले छाएको गोठ, अघिल्तिर बारी, पशुलाई चरन, नजिकमा घाँसदाउरा गर्ने जंगल यही हो गोठथरीको चिनारी । निलुवामा मात्र ६० भन्दा बढी किसानको एक हजार ५०० रोपनी बारी अहिले बाँझै छ । 

दर्जनौँ गोठ जीर्ण अवस्थामा छन् । केहीलाई पर्यटनसँग जोड्न संरक्षण गरिएको छ । मकै, जौ, आलु, लसुन फल्ने बारीमा अहिले घाँसको जंगल छ । खेती गर्ने कोही नभएपछि चाक्ला बारी खरबारीमा परिणत भएका छन् । हिजोआज गोठथरी पुग्दा बैराग लाग्ने गरेको किसान थमबहादुर क्षेत्रीले बताउनुभयो । 

“खेती किसानी छोडेपछि गोठथरीको महत्व हरायो,” उहाँले भन्नुभयो, “सबै सुविधाभोगी भए ।” पहिले वर्षको दुई याममा पशुचौपायासहित गाउँले गोठथरी जाने गरेको उहाँले सम्झनुभयो । बेशीबाट फागुनमा गोठ गएपछि असारमा झर्ने र पुनः भदौमा गएर कात्तिकमा झर्ने चलन थियो । 

किसान गोठथरी जानेलाई गोठ र लेक जाने भनेर पनि भन्ने गर्थे । वर्षायाममा पोसिलो घाँस, बुट्यान पाइने हुँदा किसान गाईभैँसी र बाख्रा लगेर गोठ जाने गर्थे । लेक गएकै बेलामा वर्षभरिलाई हुने दाउराको जोहोसमेत हुने गथ्र्यौं । ५० वर्षीया सावित्रा क्षेत्रीले पनि सानोमा गोठ जाँदाको अनुभव सुनाउनुभयो । 

“गोठ जाँदा घाँस, दाउरा र खेतीपातीमा व्यस्त भइन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले त सबैले काम गर्न छोडे ।” लेकको त कुरै छोडौँ तल बेशीमै रहेका खेतबारी पनि बाँझै पल्टिएको तीतो यथार्थ हाम्रासामु छ । 

वैदेशिक रोजगार, बजारमा निर्भरता, सुविधाभोगी जीवन आदि कारणले कृषिमा आकर्षण घटेको हो । 

वडा नं ४ का अध्यक्ष बलबहादुर खत्रीले निलुवामा कृषिको नयाँ योजना ल्याउन पहल गर्ने बताउनुभयो । “यत्रो खेतीयोग्य जमिन बाँझै छ,” उहाँले भन्नुभयो, “यसको सही सदुपयोग हुन सके ठूलो लाभ लिन सकिन्छ ।” 

तरकारी, गेडागुडी या अन्य कुनै नगदेबालीका लागि निलुवा उपयुक्त रहेको उहाँको भनाइ छ । वर्षायाममा प्रशस्त पानी पुग्ने भए पनि हिउँदमा भने सिँचाइ र खानेपानी दुवैको अभाव छ । निलुवामा खानेपानी, सडकलगायत पूर्वाधार विकासको काम पनि भइरहेको छ । 

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको छ । निलुवालाई पुरानै अवस्थामा फर्काउन नसके पनि भएका संरचना र स्वरुपलाई जोगाइने केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । 

केन्द्रले अघिल्लो महिना निलुवामै मह शिकार महोत्सवको समेत आयोजना गरेको थियो । बागलुङ सदरमुकामदेखि ४५ किमीको दूरीमा अवस्थित निलुवा पर्यटकीय गन्तव्यका रुपमा चिनिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह