कपिलवस्तुमा भिषण आगलागी, २ करोड बराबरको क्षति

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माधव बेल्वासे/जेठ ३, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा गएराती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल जलेर नष्ट भएका छन ।

स्थानिय रसिद खान (छोटु)को घरमा रहेको पसलमा विहान २ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब २ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी  निरिक्षक झविन्द्र भट्टराईले वताए ।

खानको घरमा रहेका पसलहरु पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दुध डेरी, ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंङ, शिवराज हेयर कटिङ्ग, र जेडिसी गेमिङ्ग पुर्ण रुपमा जलेर नष्ट भएका छन ।

आगोलाई विहान ५ बजे स्थानीय,नेपाल प्रहरी, सशस्त्र प्रहरी र कृष्णनगरको दमकलले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

आगोलागी वाट पसलका सम्पुर्ण समाग्रिहरु जलेर नष्ट भएको पौडेल व्रोदश कम्पीयुटर का संचालक पदम पौडेलले वताए । पसलमा सिसि टिभि,कम्पीयुटर लगाएतका इलेक्टोनीक्सका सामानहरु खरानी भएको पौडेलले वताए ।

समयमा दमकल नआउदा र दमकल संचालकहरु तालिम प्राप्त नभएको हुदा धेरै क्षती हुन पुगेको भन्दै स्थानियहरुले आक्रोस व्यक्त गरेका छन । कृष्णनगर नगरपालिकामा रहेको दमकल आगो लागेको २ घण्टा पछी मात्र आएको ग्यालेक्सी पानीका संचालक विष्णु हमालले वताए ।आगलागी विद्युति सट बाट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply