Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा महिनावारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला

२०७५, १४ जेष्ठ सोमबार ११:२७

माधव बेल्वासे/जेठ १४, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा पाचौ महिनावारी स्वच्छता दिवशको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोग,शिवराज नगरपालिकाको समन्वय र कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा रहेको प्रतियोगीतामा १० जना युवतीहरु सहभागी भएको थिए ।


किशोराअवस्थामा महिनावारी र सरसफाई विषयक प्रतियोगीमा सहभागीहरुलाई आ आफ्नो धारणा व्यक्त गरेका थिए ।महिनावारी स्वच्छता मार्फत महिला तथा किशोरीहरुको सशक्तिकरण भन्ने नारा सहित यस वर्ष पाचौ महिनावारी स्वच्छता दिवश मनाइएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिनावारी भएको महिला तथा युवतीहरुलाई हेर्ने दृष्टीको फरक बनाउनुपर्ने वताइन । महिनावारी महिलाहरुलाई छुन नहुने,अन्य गोठमा बसाल्नुपर्ने जस्ता रुढिवादी परम्परालाई अव हटाउनुपर्नेमा जोड दिइन । विभिन्न ठाउमा महिनावारी भएका महिलाई बेवस्ता गर्दा कयौ महिलाहरुको ज्यान गएको स्मरण गराउदै उपप्रमुख थारुले सोच परिवर्तन गर्न सकेमा कसैको अकालमै ज्यान नजाने धारण व्यक्त गरीन् ।

प्रमुख अतिथि समेत रहेकी थारुले युवतीहरु आजको दिन महिनावारी सम्वन्धि धरै जानकार भएकोमा खुसी व्याक्त गरीन ।विगतमा शिक्षण सस्थाहरुले महिनावारीको वारेमा रहेको पाठ्याक्रमहरु नपढाउदा पनि सचेत हुन नसकेको जनाइन । कार्यक्रममा इलाका प्रशासन चन्द्रौटाका प्रमुख  जगदीश अर्यालले युवतीहरु महिनावारीको विषयमा धेरै वोल्न सक्ने भएको वताए ।शिक्षक शिक्षीका र अन्य संघ सस्थाको प्रयासमा महिला तथा युवतीहरु महिनावारीको समय उपनाउनुपर्ने कुराहरुको वारेमा सचेत भएकोमा खुसी व्याक्त गरे ।

कार्यक्रममा मावि इमिलियाकी आस्था घिमिरे प्रथम,रामगोरखा मावि वहादुगंजकी रिनका चौधरी दितिय,नेपाल तारा मावि की विपना काफ्ले तृतिय र राष्ट्रिय मावि चन्द्रौटाकी सरला कुवरले सान्तवना स्थान हासील गरेका छन ।विजेताहरुले पुरस्कार सहित सम्मान गरिएको छ ।

कालिका स्वालम्वन सामाजिक केन्द्रका सल्लाहाकार प्रमोद दाहालको अध्यक्षता,शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता इलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदीश अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम रेडियो शिवराज वाट प्रत्यक्ष प्रशारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ