2026-09-13 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जलविद्युत्को टर्वाइन बन्द गर्ने चेतावनी

जेठ १५, कालिकोट । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कालिकोटले शान्तिघाट जलविद्युत आयोजनाको टर्वाइनको पैसा नतिरेका कारण एसियन पावर कम्पनी प्रालि बुटवलले टर्वाइन खोलेर लैजाने जनाएको छ । २०७० चैत्र ९ मा कम्पनीबाट किनेको टर्वाइन किनेर जडान गरेको थियो ।

 नेपाल विद्युत प्राधिकरणले एक करोड एक लाख ५० हजार ५० रुपैयाँमा किनेको टर्वाइन मेसिनकोको ९२ लाख रुपैयाँ तिर्न बाँकी  रहेको थियो । बाँकी रुपैयाँ नतिरेका कारण आइतबार टर्वाइन उठाउने भएको हो । नेपाल बिद्युत प्राधिकरण नेपालगञ्जले ठेक्का आव्ह्रान गरेर शान्तिघाट जलविद्युत आयोजनाको टर्वाइन जडान गरेको ५ वर्षसम्म रकम भुक्तानी नगरेका कारणले आफूहरूले टर्वाइन मेसिन उठाउन लागेको एसियन पावर कम्पनी बुटवलका प्रोजेक्ट म्यानेजर रामप्रसाद पाण्डेले बताए ।

‘हामीले टर्वाइन मेसिन जडान गरेको ५ वर्षसम्म पनि पैसा भुक्तानी भएन्’ उनले भने, ‘आइतबार नै मेसिन उठाउने तयारी भएको छ ।’ आयोजनामा प्रयोग भएको टर्वाइनको पैसा नदिएको विषयमा आफूलाई जानकारी नभएको टर्वाइनका विषयमा कम्पनीसँग छलफल गर्ने नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण शाखाका प्रमुख शम्भुप्रसाद मण्डलले बताए ।

‘पहिलाका के भएको हो मलाई थाहा भएन’ उनले भने, ‘यस विषयमा म अहिले बुझेर कम्पनीसँग छलफल गर्छु ।’ लामो समयदेखि अवरुद्ध रहेको कालिकोट विद्युत सेवा टर्वाइन आएपछि २०७३ सालदेखि सञ्चालनमा आएको थियो । विद्युतको टर्वाइन उठाएका कालिकोटको विद्युत सेवा अबरुद्ध हुने भएको छ । ५०० किलोवाटको शान्तिघाट जलबिद्युत आयोजनाले रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा बिद्युत आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले