Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ १८ गते, बिहान ९:४५ बजे कालिकोट - KLK, समाज

स्थानीय सरकारले मनोमानी गरेको आरोप

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ १८, कालिकोट | स्थानीय सरकारले नागरिकको चाहाना अनुसार काम गर्न नसकेको भन्दैै नागरिकको आवश्यकता सम्बोधन गर्न सुझाव दिएका छन् । रेडियोे नयाँ कर्णालीले विहीबार मान्ममा आयोजना गरेको बिकासका लागि बहस कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा अधिकांश प्रश्नकर्ताहरुले स्थानीय तहले नियम मिच्दै आफु अनुकुल कामहरु गर्दा गाउँमा सिंहदरबार आएको महसुस नभएको बताए ।

स्थानीय तहमा कर्णाली रोजगार कार्यक्रममा डोजरको प्रयोग, प्रक्रिया विपरित कर्मचारी नियुक्ति, आफु अनुकुल विकासी योजनाहरु छनोट, काममा ढिलासुस्तीले गर्दा विकास बजेट खर्च नभएकोले बजेट फ्रिज हुने सम्भावना, नागरिकहरुले पाउने पर्ने सेवा सुविधाहरुबाट बञ्चित हुनु परेको लगायतका बिषयहरु उठाएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिले गर्ने कामहरु प्रभावकारी नभएको, नागरिकका जल्दा बल्दा सवालहरु, स्थानीय तहमा भएको अनियमितता रोक्न आवश्यक पहल नभएको स्थानीयको आरोप छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाहीले आफुहरु सिक्दै गरेका कारण प्रभावकारी काम  नभएको स्वीकार गरे । उनले आफुहरुलाई प्रयाप्त अधिकार नभएका कारण पनि समस्या आएको बताए । कार्यक्रममा खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेले पहिलो बर्ष सोचे अनुसारको उपलब्धी हाँसिल गर्न नसकिएको भन्दै आगामी बर्षबाट सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाता गाउँपालिकामा बिकासको गति तीब्र रुपमा अगाडि बढेको बताए । उनले अहिलेसम्म पनि गाँउपालिकाको केन्द्रमा सहमति नहुँदा विवाद नै रहेको बताए । कार्यक्रममा पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले विगतमा लेखापालको कार्य क्षमता नभएका कारण काममा ढिलासुस्ती भएको भन्दै अब सुधार गरेर अगाडी बढ्ने बताए ।