Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिला वडा सदस्यको रहस्यमय मृत्यु

२०७५, २१ जेष्ठ सोमबार १६:२१

जेठ २१, कालिकोट | जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ निवासी महिला वडा सदस्य ४५ वर्षिया मना सार्कीको रहस्यमय मृत्यु भएको छ । जेठ १९ गते राती ९:३० बजे स्थानीय बासिन्दा राजिन्द्रा शाही, सिर्जना शाही लगायतले कुटपिट गरेको आफन्तहरुको आरोप छ ।

सार्कीको गत शनिबार राती ११ बजे मृत्यु भएको हो । उनका श्रीमान् चुरे सार्की रोजगारको शिलसिलामा भारतको अलमोडामा छन् । ३ छोरा र ३ छोरीकी आमा समेत रहेकी सार्कीको हत्याका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । मृतक सार्कीको लास पोस्टमाटमको लागि जिल्ला अस्पताल मान्ममा राखिएको छ ।

कुटपिटमा संलग्न भएको हुनसक्ने भनेर सोही वडाकी राजिन्द्रा शाही, सिर्जना शाही र दुर्गा शाहीलाई प्रहरीले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लागेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक सार्कीको कुटपिटकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । मृतकको लास हेर्दा कुटपिट नै भएको जस्तो देखिदैन् ।

जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख निरक चौलागाईले भने, ‘हामी अनुसन्धान गरिरहेका छौ । पोष्टमार्टम रिपोट आएपछि वास्तविकता आउला तर लासलाई हेर्दा अरुनै कुनै कारणले मृत्यु भएको हुनसक्ने शंका गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश