2026-11-02 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल एम्बुलेन्सविहीन

जेठ २३, भक्तपुर | स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो । 

वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन । 

भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो । अस्पतालमा भएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखालाई दिएपछि अस्पताल एम्बुलेन्सविहीन भएको हो । “विगतमा आफूसँग भएको एम्बुलेन्स रेडक्रसलाई किन दिइएको हो मलाई थाहा छैन,” अस्पतालका मेसु सुधा देवकोटाले भन्नुभयो, “अहिले एम्बुलेन्स नहुँदा समस्या भइरहेको छ । 

अस्पतालले पटकपटक रेडक्रससँग उक्त एम्बुलेन्स फिर्ता माग्दा अहिलेसम्म फिर्ता आउन नसकेको डा देवकोटाले जानकारी दिनुभयो । 

सरकारी अस्पतालमा एम्बुलेन्स नभएकै कारण अन्य संस्थाबाट महँगो रकम तिरेर सेवा लिन बाध्य भएको बिरामीको गुनासो छ । पछिल्लो समय जिल्ला समन्वय समितिले सञ्चालन गरिरहेको एम्बुलेन्स अस्पताललाई दिने प्रस्ताव गरेको थियो तर अस्पताल प्रशासनले दुईजना चालकको भारसमेत लिनुपर्ने भएपछि सो एम्बुलेन्स लिन नसकिएको मेसु देवकोटाले बताउनुभयो । 

“जिल्ला समन्वय समितिको एम्बुलेन्स अस्पताललाई दिने भन्ने कुरो थियो । त्यो एम्बुलेन्स अस्पतालमा ल्याए दुईजना ड्राइभर पाल्नुपर्ने, तर अस्पतालको क्षमता भने दुईजना ड्राइभर पाल्न सक्ने स्थितिमा छैन”, उहाँले भन्नुभयो, “अहिले प्रादेशिक सरकार आइसकेकाले सबैभन्दा पहिला प्रदेश सरकारसँग एम्बुलेन्स माग गरेको छु ।”(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की