पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २४, कालीकोट | जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी छन् । उनीको बुधबार दिउँसो माल्कोटको सिरुपाटा वनमा बाख्रा हेर्न गएकाबेला स्याउला काट्ने क्रममा भिरबाट खसेर टाउको र ढाडमा गम्भीर चोट लागेको अवस्थामा घरमा ल्याएको र उपचारका लागि लैजाँदा राति नै मृत्यु भएको स्थानीय अभिभावक बलबहादुर बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार मृतक सरुका दुई छोरी र सात महिनाका एक छोरा छन् । अछाम जिल्लाको सीमामा जोडिएको उक्त गाउँबाट उपचारका लागि चार घण्टा टाढाको दूरीमा जानु पर्ने बाध्यता रहँदै आएको छ ।

कालीकोट जिल्लाका अति दुर्गम क्षेत्रका रुपमा रहेको नरहरिनाथ गाउँपालिकामा अहिले सडकले छोएको छैन ।(रासस)