Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ २७ गते, राति ११:४६ बजे कालिकोट - KLK, समाज

फरार कैदी १५ महिना पछि पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २७, कालिकोट | १५ महिना पहिले कालिकोट सदरमुकाम मान्म बजारबाट फरार भएका कैदी बलबहादुर शाही पुनः पक्राउ परेका छन् । महावै गाउँपालिका वडा नं. ३ आोदानकु निवासी शाही कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार कालिकोटमा कैद भुक्तान गरिरहेका थिए । २०७३ साल चैत ११ गते प्रहरी जवानसँग बजारमा आएका बेला उनी भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटको एक टोलीले बाँकेको कोहलपुर १४ हवल्दापुरबाट पक्राउ गरी कालिकोट ल्याएर ल्याएर सार्वजानिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्सपेक्टर निरज चौलागाइका अनुसार २०६६ सालमा नेपालगञ्जका धनु धितालका छोरा राजु धिताललाई अपहरण गरी मारेको घटनाका मुख्य योजनाकार शाहीलाई जिल्ला अदालत बाँकेको २०६७ साल फागुन २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित २० बर्ष कैद र अपहरण तथा शरिर बन्दक मुद्धामा १५ बर्ष कैद र दुई लाख जरिवानाको फैसला गरेको थियो ।

जिल्ला प्रहरी प्रमूख डिएसपी सुवासचन्द्र बोहोराले बिशेष सूचनाको आधारमा प्रहरीले शाहीलाई कोहलपुरबाट पक्राउ गरी आईतबार जिल्ला अदालत कालिकोटमा हाजिर गराएर कारागार चलान गरिएको जानकारी दिए । कैदी भगाउने प्रहरीलाई कालिकोट जिल्ला कारागारभित्र थुनुवाका रूपमा राखिएको छ । उनीहरूलाई कारागार ऐन २०१९ अन्तर्गत कारवाही भइरहेको छ ।

शाही कालिकोटबाट भागेर भारतको विभिन्न ठाउँमा बस्दै आएका थिए । उनले भारतमा बसेर नेपालमा जग्गा दलाली गर्दै आएको बुझिएको छ । शाही ४ दिन अघिमात्र कोहलपुर पुगेका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोट र बाँके प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरि शनिबार बेलुका कालिकोट जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।