पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २८, कालिकोट | जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ रकुमा आर्थिक बर्ष २०७५/७६ को वडा स्तरीय योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ ।

शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष भरतबहादुर बि.कको अध्यक्षता, जिल्ला समन्वय समिति सदस्य कमला जैसीको प्रमूख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष डिबी शाहीको बिशेष आतिथ्यतामा भएको गोष्ठीमा सहभागीहरुले सडक निर्माण कार्यलाई पहलिो प्राथमिता दिन जोड दिएका छन् ।

गाउँपालिकाका बिषयगत कार्यालयका प्रमुखहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको गोष्ठिमा पहिलो सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा तथा परम्परागत कृषिलाई आधुनिक र व्यवसायीकरण गर्न जोड दिएको स्थानिय रमेश सुवेदीले जानकारी दिए । उनका अनुसार गोष्ठीमा गाउँपालिका अध्यक्ष डिबी शाहीले अबको तीन दिनभित्र गाउँपालिकाको मुम्रा चौरसम्म गाडी पुगाउने, यसै आर्थिक मसान्तसम्म रेगिलहुँदै रकु सम्मको सडक निर्माण गरिसक्ने र आगामी बर्षभित्र गाउँपालिकाको केन्द्रसम्म सडकको ट्याक खोलिने प्रतिबद्धता जनाए ।