2026-09-13 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अस्पतालमा ५ महिनादेखी अवरुद्ध सेवा सञ्चालनमा

असार ३, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्ला अस्पतालमा लामो समयदेखी बन्द रहेका बिभिन्न सेवाहरु सञ्चालनमा ल्याएको जनाएको छ । आईतबार पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरुसंग स्वास्थ्य शिक्षा सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा  अस्पतालले अवरुद्ध सेवा सञ्चालनमा ल्याउको जानकारी दिएको हो ।

जिल्ला अस्पताल कालिकोटमा ६ महिनादेखी बन्द रहेका गर्भवती महिलालाई गर्ने सिएस शल्यक्रिया सेवा, विगत २ बर्षदेखी बन्द रहेको हाईड्रोसिलको अप्रेशन सेवा र जिल्लामै पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुको सहयोगमा हाड जोर्नीको शल्यक्रिया सेवा समेत सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा.टंकप्रसाद आचार्यले जानकारी दिए ।

अस्पतालले अवरुद्ध सेवा सञ्चालन गरेपछि १५ दिनको अवधिमा हार्डजोर्नीका मुख्य ७ वटा सफल अप्रेशन र दुई वटा गर्भवती महिलाहरुको अप्रेशन गरी बच्चा जन्माईएको उनले बताए । जिल्ला अस्पताल कालिकोटमा निक्ससाईमन नाम गैरसरकारी संस्थाबाटबिशषेज्ञ सेवाका लागि एमजीडिपी डा. बिज्ञान प्रजापतीले बिशेषज्ञ सेवा उपलब्ध गराउँदै आएका छन् ।

६ महिना अघि गर्भवती महिला चन्दा शाहीको सामान्य तरिकाले बच्चा नजन्मिएपछि शल्यक्रिया गर्दा उनको मृत्यु भएपछि तनावग्रस्त बनेको जिल्ला अस्पतालमा बिषशेज्ञ डाक्टरको अभावमा शल्यक्रियाका सेवाहरु बन्द थिए । कालिकोट जिल्ला अस्पतालमा सुविधासम्पन्न अस्पतालमा गरिने र आर्थिक हिसाबले निकै महङ्गा मानिएका शल्यक्रिया सेवाहरु पनि सञ्चालन गरिएको निमित्त प्रमुख डा. आचार्यले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सूचना तथा सञ्चार कार्यक्रमका फोकल पर्सन हेमराज बमले कालिकोटमा परिवारनियोजन सेवाको प्रयोगको अवस्थाका बारेमा जानकारी दिए । उनले परिवार नियोजनका अस्थाई साधनहरु प्रयोगकर्ता न्युन रहेको भन्दै यस्ता साधनहरुको प्रयोग बढाउन सचेतना जरुरी भएको बताए । जिल्लामा परिवार नियोजन सेवा लिनेहरु मध्ये २८ प्रतिशतले स्थायी बन्ध्याकरण गर्ने गरेको उनले बताए । वमका अनुसार कालिकोटका  २६ प्रतिशतले डिपो, २३ प्रतिशतले पिल्स, २३ प्रतिशतले कण्डम, ११ प्रतिशतले इन्प्लान्ट र ३ प्रतिशतले आयुसिटी सेवा लिईरहेका छन् ।

अस्पतालमा हाल दैनिक रुपमा ६० देखी ७० जनासम्म विभिन्न समस्याका बिरामीहरु आउने गरेको जिल्ला अस्पतालका ईमरजेन्सी ईन्चार्ज दीपबहादुर रावलले बताए  । उनका अनुसार जिल्ला अस्पतालमा आउने बिरामीहरु मध्य ज्वरो र झाडापखालाका बिरामीहरु बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले