2026-09-13 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अटो चालकको दादागिरी रोक्ने मिशनमा ट्राफिक

असार ३, सुर्खेत | चालक अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्तिले अटो चलाउँदा सुर्खेतमा अटो दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख हरिबहादुर विसीले आईतबार पत्रकार सम्मेलन गरेर सुर्खेतमा एक हजार एक सयभन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको जानकारी दिँदै सावारी चालक अनुमति पत्र नहुँदा दुर्घटना बढेको बताएका हुन् ।

‘अटो रिक्साको मनोमानीमाथि लगाम लगाउन प्रहरीसँग कुनै त्यस्तो अधिकार नभएकाले नियमन गर्ने निकायबारे अन्यौल रहेको विसीको भनाई छ । जथाभावी अटो चलाइँदा सडकमा हिँड्ने नागरिकले असुरक्षाको महशुस गरेको उनको भनाई छ । ‘अटो चलाउनेसंग सवारी चालक अनुमति पत्र छैन्’ विसी भन्छन्,–‘यसले दुर्घटना त निम्त्याएको छ नै सरोकारवाला निकायसंग समन्वय गरेर यसको निकास खोज्नमा आफू कटिवद्ध छु ।’ विसीले अव अटो चालकको दादागिरी रोक्ने मिशनमा ट्राफिक प्रहरी गम्भीर बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा आर्थिक वर्ष २०७४र०७५ भएका सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी एक सय जना घाइते भएका छन् । जसमध्ये ५१ जना गम्भीर घाइते भएका छन् भने ४९ जना सामान्य घाइते छन् ।

आर्थिक वर्ष २०७४र०७५ मा भदौंमा १, असोजमा १०, कात्तिकमा १६, फागुनमा १, चैतमा ८, बैशाखमा ४ र जेठमा ९ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ४१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा बस ११, जीप ५, ट्रक ३, मोटरसाइकल १०, ट्याक्टर ८ र अन्य ५ वटा सवारीसाधन रहेका छन् । आर्थिक वर्ष २०७४र७६ मा जिल्लाभित्र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न १२ हजार २ सय ८३ सवारीसाधन कारवाहीमा परेका छन् । जसबाट ७६ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । उक्त आर्थिक वर्षको साउनमा ७ सय ७२, भदौमा १ हजार १ सय ५३, असोजमा १ हजार ३ सय ९१, कात्तिकमा १ हजार २ सय ९, मंसिरमा ९ सय ४६, पुसमा ९ सय ४३, माघमा १ हजार १ सय ९१, फागुनमा १ हजार १ सय १४, चैतमा १ हजार ४ सय ३९, बैशाखमा १ हजार २ सय ९४, जेठमा १ हजार ३ सय ७१ सवारीसाधन कारबाहीमा परेका छन् । प्रमुख विसीले सुर्खेतमा दुर्घटना बढी हुनुको कारण पुराना सवारीसाधनको अवस्था राम्रो नहुनु, बाटोमा ट्राफिक साइनबोर्ड सबै ठाउँमा नहुनु र मापदण्ड विपरीत निर्माण भएको सडक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले