2026-10-31 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रभावकारी बन्दै गाउँमा युवा सूचना केन्द्र

असार ९, कालिकोट | गाउँमा स्थापना गरिएको सूचना केन्द्र यूवाहरुका लागि नयाँ ज्ञान सीपका लागि प्रभावकारी बन्दै गएको छ । नरहरीनाथ गाउपालिका कुमालगाँउमा स्थापना गरिएको ग्रामीण बिकास युवा क्लवद्धारा सञ्चालन गरिएको युवा सूचना केन्द्र यूवाहरुलाई सूचना प्राप्त गर्न र नयाँ ज्ञान सीपका लागि प्रभावकारी बन्दै गएको यहाँका यूवाहरुले बताएका छन् ।

सेभ द चिल्डे«नको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालिकोटद्धारा सञ्चालन गरिएको युवा सशक्तिकरण बुलगारी परियोजना अन्तर्गत स्थापना भएको युवा सूचना केन्द्रमा युवाहरुको उपस्थिती बढ्दै गएको बतायएको छ । युवा सूचना केन्द्र कुमालगाँउका अध्यक्ष नमराज बुढाले सूचना केन्द्रका माध्यमबाट युवा क्लवलाई आर्थिक उपार्जन पनि भएको बताए । युवा सूचना केन्द्रले मासिक पाँच हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको उनको भनाई छ । यूवा सूचना केन्द्रमा आएर युवाहरु, बैदेशिक रोजगारी, विभिन्न कार्यालय तथा निकायमा आउने रोजगारीका अवसरहरुको बारेमा जानकारी, समसामयिक सूचना, समाचारहरु थाहा पाउने गरेको उनले बताए ।

युवा सूचना केन्द्रले युवा सशक्तिकरण परियोजना मार्फत प्राप्त भएका फोटोकपी मेसिन, फोटो धुलाउने मेसिन, क्यामेरा, ल्यापटपलगायतका सामाग्रीहरुबाट स्थानीयलाई सेवा प्रवाह समेत गरीरहेको छ । सूचना केन्द्रमा दैनिक फोटो खिच्ने, फोटोकपी गर्ने, प्रमाणपत्र बनाउने लगायतका कामहरु गर्न थालिएको अध्यक्ष बुढाले बताए । ‘गाउँलेलाई सादा तथा रङ्गिन फोटो खिच्ने र धुलाउने, फोकपी गर्ने, प्रिन्ट गर्ने लगायतका कामहरु गरिरहेका छौ’ उनले भने, ‘युवा सूचना केन्द्रबाट स्थानीय युवाहरुलाई बिभिन्न किसिमका क्षमता विकास सम्बन्धि तालिम पनि दिँदै आएका छौ ।’ हाल केन्द्रमा ११ जना युवाहरु आवद्ध भई युवा सशक्तिकरणको अभियानमा जुटेका छन् ।

सेभ द चिल्डे«नका बाल गरिबी अधिकृत इन्द्र विकले कालिकोट जिल्लामा लागु भएको युवा शसक्तिकरण परियोजनामार्फत जिल्लाका बिभिन्न विद्यालयमा रहेका बालबालिका तथा समुदाय स्तरमा रहेका युवाहरुलाई बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले विद्यालय तह कक्षा ८ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई नियमित विद्यालय जान प्रेरित गर्ने, विद्यालयका प्राधानाध्यापक तथा अन्य शिक्षकहरुलाई तालिम र समुदाय स्तरमा रहेका युवाहरुलाई युवा क्लव गठन गरी बिभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको बताए ।

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा लागु भएको युवा सशक्तिकरण परियोजना मार्फत नरहरीनाथ गाउँपालिकाको कुमालगाउँ र तिलागुफा नगरपालिकाको फोईमा युवा सुचना केन्द्रको स्थापना गरिएको बि.कले बताए । युवा सूचना केन्द्रमा युवाहरुलाई बिभिन्न किसिमका सूचनाहरु, बिदेश जाँदा के के कुरा ख्याल गर्ने, कुनै निकायमा रोजगारीको लागि आएका अवसरहरुका बारेमा जानकारी लिने, जातीय छुवाछुत, बालबिबाह लगायतका सामाजिक कुरितिहरुका विरुद्धमा अभियान थाल्ने गरिएको उनले बताए ।

भिडिसेफ नेपालका व्यवस्थापक राजेन्द्र सहकारीले कुमालगाँउ र फोईमा स्थापना भएका युवा सूचना केन्द्रहरुलाई करिब ५ लाख बराबरको सामानहरु सहयोग भएको जानकारी दिए । उनका अनुसार ति युवा सूचना केन्द्रहरुमा, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिन, क्यामेरा लगायतका सामानहरु प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय