2026-10-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

निर्माधीन नमूना वडा कार्यालयको अनुगमन

असार ९, कालिकोट | तिलागुफा नगरपालिका वडा नं. ६ जुविथामा जिल्लाकै नमुना वडा कार्यलय निर्माण कार्य शुरु गरिएको छ । ग्रामीण पुननिर्माण संस्थाद्धारा जिल्लामा सञ्चालित सामुदायिक विकास कार्यक्रमको एक करोड ६८ लाख र पाँच लाख तिलागुफा नगरपालिकाको लगानीमा नमुना वडा कार्यालय निर्माण कार्य शुरु गरिएको छ ।

शनिबार जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाही, निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल, तिलागुफा नगरपालिकाका उप प्रमुख दर्शना नेपाली, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, गैरसरकारी संस्था माहासंघ कालिकोटका अध्यक्ष वीरेन्द्र  बुढा, जिल्लाका अन्य सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका अगुवाहरुले निर्माणाधिन नमुना वडा कार्यालयको संयुक्त अनुगमन गरेका छन् ।

सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक लिला न्यौपानेले सामुदायिक विकास कार्यक्रम लागु भएका कर्णाली प्रदेशका तीन वटा जिल्ला कालिकोट, जुम्ला र जाजरकोटमा निर्माण गर्न लागिएका नमुना वडा कार्यालय अन्तर्गत कालिकोटकोे तिलागुफामा नमुनना वडा कार्यालय निर्माण गर्न थालिएको बताए ।

उनले वडा कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरुलाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको उक्त नमुना वडा कार्यालय आगामी साउन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

भुकम्प प्रतिरोधि, ढाई तले, सभा हल सहितको ११ कोठे भवन नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार निर्माण गरिने उक्त वडा कार्यालय जिल्लाकै नमुना बन्ने उनको दावी छ । कर्णाली राजमार्गसँग जोडिएको तिलागुफा नगरपालिकाको जुविथा गाल्जेमा निर्माणाधीन उक्त नमुना वडा कार्यालय आरकेटेक्टर डिजाईनमा निर्माण गर्न लागिएको जनाइएको छ

निर्माणाधीन वडा कार्यालयको अनुगमन पछि जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले तिलागुफा नगरपालिकाको वडा नं. ६ मा निर्माणाधिन रहेको नमुना वडा कार्यलय निर्माणको अवस्था सन्तोजनक रहेको बताए । उनले अनुगमनका क्रममा भवन निर्माण आचारसंहिताको पुर्ण पालना भएको जिल्लाकै पहिलो र नमुना भवन बन्ने बताए ।

तिलागुफा नगरपालिका उप प्रमुख दर्शना नेपालीले आफुहरुले नगरपालिकाको भौतिक संरचना विकासका लागि पहल गरिरहेको बताउँदै सामुदायिक विकास कार्यक्रमले वडा नं. ६ मा नमुना वडा कार्यालय निर्माणका लागि बजेटको व्यवस्था गरेर ठुलो सहयोग गरेको बताईन् । नगरका अधिकांश वडाहरुमा भौतिक संरचनाको अभावमा सेवा प्रबाह गर्नका लागि समस्या भोगीरहेको उनको भनाई छ ।

तिलागुफा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धर्मराज शाहीले कालिकोट जिल्लाका कुनै पनि वडाहरुमा आफ्नै भवन निर्माण गर्ने कार्यको थालनी नभईरहेका बेला आफ्नो वडामा नमुना भवन निर्माणको काम सुरु हुँदा सेवा प्रवाहमा समेत उत्साह जागेको बताए । उनले उक्त वडा कार्यालय बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री र पार्किङ सुविधासहितको हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय