Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको हिमचुली डेरी उद्योग बन्द, यस्तो छ कारण

२०७५, १३ असार बुधबार ०७:०३

असार १३, कालीकोट | जिल्लामा पहिलोपटक सञ्चालनमा आएको हिमचुली डेरी उद्योग बन्द भएको छ । 

हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको उक्त डेरी उद्योग दूधको अभावमा बन्द भएको हो । 

संस्थाले २०६८ भदौमा सञ्चालनमा ल्याएको डेरी उद्योग जनशक्ति अभावका कारण २०७२ जेठमा पनि बन्द भएको थियो । कृषकले डेरीलाई भन्दा बजारमा बिक्री गर्न थालेपछि डेरीमा दूध अभाव भएको हो । 

दूध अभावका कारण डेरी बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक मनिचन्द बराल बताउनुहुन्छ । “पहिला दैनिक ३० लिटरसम्म दूध आउने गथ्र्यो,” उहाँले भन्नुभयो, “चैत महिनायता दूधको मात्रा कम हुँदै गएकाले बन्द गर्नुपरेको हो ।” 

सदरमुकाम आसपासका सिंयाला, बराँतु, गल्लीलगायतका ठाउँका कृषकले डेरीलाई दूध बिक्री गर्दैआएका थिए । डेरी उद्योग जिल्ला पशु सेवा कार्यालयको रु एक लाख अनुदान तथा युवा स्वरोजगार कार्यक्रमको रु नौ लाख लगानीमा सञ्चालनमा आएको हो । 

हिमचुली कृषि सहकारी संस्थाका लेखापाल जगेन्द्रप्रसाद आचार्यले सहकारी र स्थानीय कृषकको साझेदारीमा डेरा सञ्चालनमा जोड दिइने बताउनुभयो । जिल्लामा सरकारी अनुदानमा डेरी सञ्चालन कागजमा मात्र सीमित छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश