Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा छ महिना मै १३ जना बलात्कारको शिकार

२०७५, १४ असार बिहीबार ०७:४२

असार १४, भक्तपुर | भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका २४ वटा घटना भएको बताउनुभएको हो । 

ती घटनामा तीन जनाको हत्या, एकको हत्या प्रयास, दुईजनामा बलात्कारको प्रयास र पाँच महिला बहुविवाहबाट पीडित भएको उजुरी परेको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष भने यो अवधिमा पाँच जनाको हत्या, चार जनाको बलात्कार, चार जनाको बलात्कार प्रयास भएको, दुईले बहुविवाह गरेको र दुई मानव बेचबिखनका घटनाको उजुृरी परेको थियो । 

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले मानिस सचेत हुँदै गएका कारण यस्ता घटनाको उजुरी दिन थालेकाले घटनाको संख्या बढेको बताउनुभयो । घटना भएसंगै प्रहरी पनि चनाखो भएकाले दोषी उम्कन कठिन हुने उहाँको भनाइ थियो । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा ९बजगाईं० ले महिला मैत्री कानून बनाउँदा पुरुष पीडित बन्दै गएको बताउँदै सहमतिमै यौन सम्बन्ध राख्ने तर पछि लेनदेनमा कुरा नमिलेपछि बलात्कारमा उजुरी दिने बढ्दो प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य, पत्रकार लीला श्रेष्ठ लगायतले आपराधिक क्रियाकलाप बढ्नु चिन्ताको विषय भएको चर्चा गर्दै यसलाई रोक्न प्रहरी र पत्रकारबीच पनि समन्वय हुनुपर्नेमा जोड दिनुभयो । मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष रोशनराज अर्यालले मानव अधिकार उल्लंघनका घटना रोक्न सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ