2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बोडेको कमलपोखरी सार्वजनिक बनाउः अदालत

असार २०, भक्तपुर | जिल्ला अदालत, भक्तपुरले मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः (कमलपोखरी) लाई सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ । 

वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले यसअघिको पैmसला बदर गर्दै मंगलबार सो कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको हो । 

बोडेको सो ऐतिहासिक पोखरीमा फुल्ने कमलको फूल बोडेकै लायकु दरबारमा रहेको तलेजुलाई चढाउने परम्परा रहेको छ । साथै, सो पोखरीको कमलको फूल नीलबाराही नाचका देवगणलाई समेत चढाउनु पर्ने परम्परा रहेको छ । धार्मिक महत्वसमेत बोकेको सो पोखरी २०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भई त्यसयता पटकपटक खरिद बिक्री हुँदै आइरहेको थियो । 

सार्वजनिक पोखरी भएको जग्गा खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग भने गर्न सकेको थिएन । केही वर्ष अघि सो पोखरीमा माटो पुर्न आएका केही व्यक्तिलाई स्थानीयले लछारपछार गर्दै लखेटेदेखि यता पोखरी पोखरीकै रुपमा रहेको छ । 

सो पोखरी सार्वजनिक हुनुपर्ने माग गर्दै स्थानीयले ऐतिहासिक पलिस्वाँ पुखुः संरक्षण समिति गठन गरी आन्दोलन गर्दै आइरहेका थिए । सो पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम हुनुपर्ने माग गर्दै दायर मुद्दामा अदालतले प्रमाणको मूल्याकंनका आधारमा व्यक्तिका नाममा दर्ता हुने गरी यसअघि भएको पुरानो फैसला तथा निर्णय बदर गरी सो पोखरी सार्वजनिक हुने फैसला गरेको हो । 

सो मुद्दामा वादीका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, विवेकराज ढुंगेल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद प्रजापति तथा प्रतिवादीका तर्फबाट अधिवक्ता चन्द्रमणि पौडेल समेतले बहस गर्नुभएको थियो । 

अदालतको फैसला सुन्न स्थानीय सयौँ बोडेवासी अदालत परिसर पुगेका थिए । अदालतलाई सार्वजनिक हितमा फैसला गर्न दबाब दिने उद्देश्यले बोडेवासी अदालत पुगेको समितिका अध्यक्ष गणेशमान चक्रधरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो