पढ्न करिब 1 मिनेट लाग्छ

असार २१, कालिकोट | स्थानीयले बनाउने अवैध मदिरामा विभिन्न किसिमका अखाद्य बस्तुहरु भेट्टिएका छन् । विहीबार जिल्ला प्रशासन कार्यालय कालीकोटले गरेको बजार अनुगमनका क्रममा बरामद गरेको अवैध मदिरामा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याड, फाटेको जुत्ता मोजा तथा कपडा फेला परेको प्रमुख जिल्ला अधिकारी चन्दनाथ गौतमले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रण कार्यालयको संयुक्त बजार अनुगमनकाक्रममा १ हजार ६ सय लिटर अवैध घरेलु मदिरा र ६ सेट मदिरा बनाउने भाँडा र ग्याँस सिलिण्डर समेत बरामद गरिएको प्रजिअ गौतमले जानकारी दिए । बरामद गरिएको मदिरा नष्ट गर्ने क्रममा मदिरामा महिनावारी महिलाले प्रयोग गरेका प्याड, फाटेका जुत्ताका टुक्राहरु, पुराना कपडाहरु पोलेर हालेको भेट्टिएको उनले बताए । मानव स्वास्थ्यमाथि खेलवाड गरेर मदिरा उत्पादन गर्ने उत्पादकलाई कारवाही गरिने उनले बताए ।

मदिराकै कारण जिल्लामा महिला हिंसाका घटना बढेकोभन्दै स्थानीय प्रशासनले अ्नुगमनलाई तीब्रता दिइएको जनाएको छ । यो बर्ष अवैध मदिरा नियन्त्रणका लागि बर्षमा ११ पटक बजार अनुगमन गरी २० हजार लिटरभन्दा बढी अवैध मदिरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।