2026-10-28 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एउटै पुरुषका लागि आमा छोरीको तँछाड मछाड

प्रेम सुनार/असार–२५, बुटवल। समाजमा लुकेका घटनाहरु खोज्न पनि गाह्रो । खोजेर सञ्चार माध्यममा  संप्रेषण गर्न पनि लाजमर्दो । तर नउठाएर पनि के गर्नु ? भित्र भित्रै कतिपयको यौनिक चर्तिकलाले समाजका कतिपय सज्जनहरुलाई लज्जीत पारेको छ । सञ्चार माध्यममा उठाई दिए त्यस्तो चर्तिकला गर्न छाड्थे कि भन्ने स्थानिय समाज सेवीको आग्रह छ ।

फेरी दोहराईदै छ ‘माछा र कान’को विकृति । घरमा श्रीमतिलाई खोला तिर माछा खान जान्छौं भन्दै  ढाँटेर हिड्नेहरुको परस्त्री गमनको कोडभाषा ‘कान खाने ’रहेको छ । त्यसरी कान खान हिड्नेहरु मध्येका केहि भुसे तिग्रेहरु एउटै घरका आमा छोरी ताक्छन ।  ४० वर्षको नेटो काटेकी आमा आफुलाई मस्त जवना तरुनी ठान्छिन । ‘कान’संगै लोकल कुखरा ढल्छ घरमा ।  

‘कान’ प्रेमीहरु  भरसक कलिली  छोरी,  नपाए आमाबाट चित्त बुझाउने मनाशायका साथ पुगेका हुन्छन । नखरमाउँली आमा  छोरी सुताउने चलखेलमा हुन्छिन । कुखरे बैंसले उन्मत्त छोरी पनि के कम ? निद्राले अत्ताएको भन्दै आमा सुत्ने भन्दा अलि परको गोठमा सुत्न जान्छिन ।  भुसे तिग्रेहरु मध्येका एक जना आमा छोरी दुवैको आकर्षणको केन्द्र बनेको हुन्छ ।

त्यस ‘केन्द्र’ दुवैको चाहना सम्वोधन गर्ने गरी त्यहाँ प्रस्तुत हुनै पर्छ । पहिला आमालाई सम्वोधन गर्दा छोरी रिसाउने, फेरी छोरीलाई सम्वोधन पहिला गर्दा आमा रिसाउने  । यस्तो मुस्कीलमा परेको भुसतिग्रे नम्वर–१ , जता पहिला भए पनि ढाँट्न विवस हुन्छ ।

अन्ततः लोकल कुखराको मासु , मदिराले मस्त भुसतिग्रेहरु मध्ये पुर्व नियोजित र नियमित प्रकृया अनुरुप घर बाहिर आलो पालो प्रणाली अख्तीयार गर्छन ।  उता छोरी महारानीको ढुकढुकीले थात छाडेर होला गोठबाट ओर्लेर घर भित्र आमा महारानीको चर्तिकलाको चाल सुन्छीन । भित्र वाहिरका कान प्रेमीहरु कोही वाहिर गार्ड बस्छन त कोही भित्र ‘उपहार’ ग्रहणमा हुन्छन् ।  

छोरी महारानी रिसले चुर हुँदै पुन गोठमा आएर पल्टीन्छीन । अन्ततः जसरी खान खाँदा सवै भन्दा मिठो चोखो लाष्टमा रुचाउने जिव्रामा बानी  परेको छ त्यसरी नै ति कलिली छोरी चाख्न पुगिन्छ । गुल्मी स्थित वावु नभएको घर भित्रको यौन विकृति हो यो ।

कृपया कान प्रेमीहरु यो पनि चेतना भया कि  कुनै दिन वलात्कार मुद्धामा जाक्कीन बेर लाग्ने छैन । आमा छोरी विचको तँछाड मछाडले  ‘सम्वोधन’ मा असन्तुलन हुँदाको दिन आमाले छोरी फसाउँने र छोरीले आमा फसाउने खेल सुरु भई  बलात्कार मुद्धा हाल्न बेर लगाउने छैनन ।

किन कि  पछिल्लो चरण केहि घटना यस्ता  पनि देखिएका छन कि कुरो नबिग्रने वेला सम्म त्यसरी नै स्वागत–सत्कार कुरो विग्रे वलात्कार बन्न थालेको छ । ‘कान’  काण्डमा राम धुलाई हुनु परेको घटना पनि ताजै छ ।  कृपया पुनः चेतना भया………..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला