Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

कागबेनी–तिरी जोड्ने पुल बाढीले बगायो

२०७५, २२ श्रावण मंगलवार ०४:५३

साउन २२, मुस्ताङ | लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । 

बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांसद विकास कोषको रु १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो । 

पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् । पुल बनेपछि यहाँका बासिन्दालाई चौपाया चराउन तथा पर्यटकलाई पदमार्ग हुँदै उपल्लो मुस्ताङ आवतजावत गर्न सहज भएको थियो । पुल बगाएपछि स्थानीयवासी र पर्यटक प्रवाभित भएका छन् । सांसद प्रेमप्रसाद तुलाचनले पुल निर्माणका लागि तत्कालै प्राविधिक खटाइने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश