२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

घर मै बसेर लोक सेवाको तयारी गर्ने कि ?

२०७५, २३ श्रावण बुधबार ०६:४७

साउन २२, बुटवल । वर्षेनी करिब चार लाख म्यानपावर बजार प्रवेश गर्छ तर, रोजगारीको न्यून अवसरले सिमित सरकारी कोटाप्रति युवाको आकर्षण उच्च छ । त्यसमा पनि सरकारी जागिरका लागि तयारी कक्षा, पढ्ने सामाग्री र स्रोत व्यक्ति राजधानी र शहर केन्द्रीत भएपछि धेरैलाई पढ्ने रहर हुँदा हुँदै पनि यो अवसर धेरैको पहुँचबाट टाढा छ ।


तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने नेपाली उखानलाई साकार पारिदिएका छन् ‘डिजिटल’ गुरु तुल्सीराम ढकालले । पैसाको अभाव, कामको व्यस्तता र घरायसी समस्याले गर्दा लोक सेवा तयारी कक्षामा सहभागी हुन नसक्नेहरुका लागि ढकालले लोक सेवा आयोगद्वारा निर्धारण गरिएको नयाँ पाठ्यसामाग्रीका आधारमा युट्युब च्यालन सञ्चालन गरेका छन् ।

लोक सेवाका कक्षा चलाउने  इन्स्टिच्युटमा शिक्षकलाई अर्को कक्षा भ्याउनुको हतारो, कक्षमा जान्ने र नजान्ने वा अलि बढी जान्ने र कम जान्नेबीचको खाडल, इन्स्टिच्युटले भनेजति पैसा खन्याउनु पर्ने बाध्यतालगायतका समस्या झेल्नु नपर्ने, घरमै बसि बसि,  अनुकूल समयमा उनको युट्युब च्यालनमा दोहोऱ्याई दोहोऱ्याई पढ्ने र सुन्ने  व्यवस्था मिलाएका डिजिटल गुरु ढकाल धन्यवादका पात्र हुन् ।

उनले आफ्नो ब्यस्त दैनिकीबाट समय छुट्टाएर सरकारी जागिरप्रति आकर्षित यूवा जमातका लागि उनीहरुलाई आवश्यक पर्ने आइक्यू, सामान्य ज्ञान, कम्प्युटरसम्बन्धी भिडियो बनाएर अपलोड गर्दै आएका छन् । उनले अहिलेसम्म आइक्यू, सामान्य ज्ञान, कम्प्युटरसम्बन्धी एक सय ८५ वटा भिडियो अपलोड भइसकेका छन् ।

डिजिटल गुरुको उपनामले परिचित ढकालले विभिन्न समस्याले तयारी कक्षाको पहुँचबाट टाढा रहेका विद्यार्थीहरूलाई लक्षित गरी आफूसँग भएको ज्ञान बाँड्न डिजिटल क्लास सुरु गरेको बताए ।

नेपालमा डिजिटल क्लासको नौलो सुरुवात गरेका ढकालले छोटो समयमै कमालको लोकप्रियता कमाएका छन् । ०७३ पुस १५ मा  युट्युब च्यालनमा पहिलो भिडियो अपलोड गरेको बताए । अहिले उनको युट्युब च्यानलको ‘सब्स्क्राइबर’ मात्र २६ हजारको हाराहारीमा पुगेको छ भने, च्यानलको ‘भ्यूरिच’ २० लाखको हराहारीमा छ ।

डिजिटल गुरुको उपनामले परिचित ढकालले विभिन्न समस्याले तयारी कक्षाको पहुँचबाट टाढा रहेका विद्यार्थीहरूलाई लक्षित गरी आफूसँग भएको ज्ञान बाँड्न डिजिटल क्लास सुरु गरेको बताए ।

शिक्षण पेशामा संलग्न ढकाल कामका शिलशिलामा देशका विभिन्न ठाउँ पुग्दा सरकारी जागिरप्रतिको आकर्षण र कक्षा अभावको गुनासोले डिजिटर क्लास सञ्चालन गर्ने प्रेरणा मिलेको सुनाए।

घरायसी काम र व्यस्तताका कारणले पढाइलाई समय दिन नसक्ने विवाहित महिला उनको प्रयासबाट लाभान्वित बनेका छन् । साथै काम र पढाइका कारण तयारी कक्षामा जान नसक्नेहरूका लागि पनि उनको युट्युब च्यानल उपयोगी बनेको छ । उनले घर वा आफूलाई अनुकुल स्थानमा बसेर मोबाइल वा ल्यापटपबाट सजिलै सबै विषय सिक्न सक्ने व्यवस्था मिलाइदिएका छन् ।

नेपालमा डिजिटल क्लासको नौलो सुरुवात गरेका ढकालले छोटो समयमै कमालको लोकप्रियता कमाएका छन् । अहिले उनको युट्युब च्यानलको ‘सब्स्क्राइबर’ मात्र २६ हजारको हाराहारीमा पुगेको छ भने, च्यानलको ‘भ्यूरिच’ २० लाखको हराहारीमा छ ।

पछिल्ला दिनमा उनले दुर्गम भेगका विद्यार्थीहरूबाट राम्रो रेस्पोन्स पाएका छन् । विद्यार्थीको पोजेटिभ रेस्पोन्सले आफुलाई थप प्रेरणा र थप जिम्मेवारी बोध भएको ढकालको बुझाई छ । पेशाले शिक्षक र कडा मेहनेतकै कारण जटिल प्रश्नहरुको पनि सजिलो तरिकाबाट उत्तर बुझाउन सक्ने क्षमता छ उनमा ।

सामान्य ज्ञान, आईक्यू, गणित र कम्प्युटरमा उनको गहिरो अध्ययन छ । ढकालले आफ्नो च्यानलबाट जटिल आईक्यूका प्रश्नहरुलाई सजिलो र सटिक ट्रिक्सबाट हल गर्न सिकाउने हुँनाले उनको डिजिटल क्लासले धेरैलार्इ तानेको छ ।

गुल्मी स्थायी घर भएका ढकाल हाल राजधानीका विभिन्न शैक्षिक संस्थामा कम्प्युटर साइन्स अध्यापन गराउँदै आएका छन् । उनको कक्षा हेर्नका लागि युट्युबमा गएर तुल्सीराम ढकाल टाइप गर्ने वित्तिकै  उनको युट्युब च्यानलमा रहेका लोक सेवाका आइक्यू, सामान्य ज्ञान, कम्प्युटरसम्बन्धी कक्षा हेर्न र सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय