Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खाँडाचक्रको बाँझो जग्गामा वृक्षारोपण

२०७५, २३ श्रावण बुधबार १७:०५

साउन २३, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी नन्दबहादुर शाहीले बाँझो जग्गाको सदुपयोग गर्न वृक्षारोपण गरेका छन् ।  मोल्फा बजार नजिकै कर्णाली राजमार्गको आसपासको बाँझो जग्गाको सदुपयोग गर्न उनले वृक्षारोपण गरेका हुन् । कर्णाली राजमार्गसँग जोडिएको ३ हजार ७ सय वर्गमिटर जग्गा बाँझो रहेकाले उक्त जग्गामा कोलोन जातको युक्लीबिजका ३ सय २५ बिरुवा रोप्न लागिएको बताए ।

भारतको दार्जिलिङबाट काठ्माण्डौको शिवशक्ति बायुईनर्जी प्लान्ट प्रा.लि.को सहयोगमा बिरुवा ल्याई राप्ने लागिएको उनले बताए । युक्लीविजका पातबाट ईमो तेल, सन्चो तेल, बोक्राहरुबाट जुता, जकेट लगायतका सामानहरुमा लगाउने पालिस, मौरी पालन व्यवसाय सञ्चालन गर्नेहरुका लागि मौरीको आहारा, फर्निचरका बिभिन्न सामानहरु बानाउने बहु उपयोगी काठको रुपमा प्रयोग हुने उनले बताए ।

कालिकोट जिल्लाका अधिकांश भुभागहरु खाली रहेका छन् । ‘मैले मेरो बाँझो जग्गामा हरियाली बनाउनुका साथै आम्दानी पनि लिन सकिने भएकाले युक्लीविज जातका बिरुवा रोप्न लागेको हुँ’ उनले भने । बाँझो बारी छाडा पशुचौपाय चरिचरनमै सिमित भएकोले तयसको सदुपयोग गरिएको बताए । यस बर्ष आर्थिक अभावका कारण ३ सय २५ बिरुवा मात्र रोप्ने र अर्को बर्षमा थप बिरुवा खरिद गर्ने योजना उनले सुनाए । 


प्रति बिरुवा एक सय रुपैयाँमा खरिद गरेर ३२ हजार ५ सयका बिरुवा रोप्न लागिएको बताए । सन्चो तेल, जुता तथा जकेटमा लगगाउने पालिस लगायतका समानहरु बनाउने कच्चा पदार्थ तथा फर्निचरका बिभिन्न सामानहरु बनाउन सकिने बहुमुल्य हलुको काठ भएकाले आफुले बाँझो बारीमा रोप्न लागेको उनले बताए । उनले भने, यसको खेती गरिसकेपछि मौरी पालनन व्यवसाय र फर्निचर उद्योग सञ्चालन गर्ने तयारी रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश